तीनधारेमा दार्जिलिङ हिमालयन रेलवेको स्थापना दिवस पालन

IMG-20240823-WA0267

खरसाङ: दार्जिलिङ हिमालयन रेलवेको स्थापना दिवस दार्जिलिङ हिमालय रेलवे कर्मचारीवर्गद्वारा तीन‌धारेमा १४४औं स्थापना दिवस सामान्य रूपमा पालन गरिएको छ। दार्जिलिङ हिमालयन रेलवेको स्थापना २३ अगस्त १८८० को दिन सिलगढीको रेलवे जङ्शन स्टेशन‌बाट तिनताक‌का भायसराय लर्ड लिटनले हरियो झण्डा फहराएर उदघाटन गरेका थिए। उक्त दिन सानो ट्रोय ट्रेनको वाष्प इञ्जिनले चारवटा कोचसित पूरा साढे ८ घण्टामा खरसाङ रेलवे स्टेशन सही सलामत पुग्न सफल भए‌को थियो। उक्त दिन २३ अगस्त १८८० लाई तिनताकका रेलवे सञ्चालक प्रशासनले दार्जिलिङ हिमालयन रेलवेको स्थापना दिवस सरकारी तौरमा मानि लिएर प्रत्येक वर्ष २३ अगस्तलाई स्थापना दिवसको रूपमा पालन गर्दै आईरहेको छ। दार्जिलिङ हिमालयन रेलवेलाई हामी सबै एक बनेर यसको संरक्षण र सम्बर्ध्दन गर्न आवश्यक रहेको र यस‌को सञ्चालन पुस्तौं पुस्तौंसम्म दिगो राख्न पहल गरिए अझ राम्रो हुनेछ भनी सबैले सल्लाह सुझाव दिएको जानकारी तीनधारेबाट रेलवे कर्मचारी नरेन बम्जनले दिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement