कालेबुङ: गोरुबथान पञ्चायत समितिका स्वतन्त्र सदस्य छिडोल्मा शेर्पा आज भागोप्रमोमा सामेल भएका छन्। पिन्टेल भिलेजको एउटा भेटघाट कार्यक्रममा उनीहरूलाई पार्टी अध्यक्ष अनित थापाले पार्टीमा स्वागत गरेका छन्। छिडोल्मा शेर्पाको पार्टीमा सामेल भएपछि गोरूबथान पञ्चायत समितिमा भागोप्रमोको बहुमतको बोर्ड गठन भएको छ। भागोप्रमोको १२ जना सदस्य रहेका छन। २२ सदस्यको पञ्चायत समितिमा ११ पक्ष अनि ११ विपक्षको सदस्यहरू रहेको थियो। बोर्डको गठन लटरीमार्फत् गरिएको थियो। पञ्चायत सदस्यको साथमा क्षेत्रका ४० घर पनि भागोप्रमोमा सामेल भएका छन्। ४४ नम्बर समष्टिका सभासद अमर छेत्री अनि गोरूबथान पञ्चायत समितिका सभापति सूर्यमणि राईको नेतृत्वमा सामेल कार्य भएको जानकारी दिइएको छ।










