कीभ पुगे प्रधानमन्त्री मोदी

00-1-Kiv

कीभ: प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार युद्धग्रस्त देश युक्रेनको ऐतिहासिक भ्रमण शुरु गरेका छन्। उनको मस्को भ्रमणको ६ हप्तापछि हुन लागेको उनको भ्रमणलाई विश्वले हेरिरहेको छ। यस क्रममा उनले युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीसँग रुस–युक्रेन द्वन्द्वको शान्तिपूर्ण समाधानका लागि वार्ता गर्नेछन्। युक्रेनले सन् १९९१ मा स्वतन्त्रता पाएपछि भारतको प्रधानमन्त्रीको यो पहिलो भ्रमण हो र युक्रेनले हालै रुसी क्षेत्रमा आक्रामक सैन्य कारबाही सुरु गरेको बेला आएको हो। पोल्याण्डबाट १० घण्टाको रेल यात्रापछि हयात होटल पुग्दा भारतीय समुदायले मोदीलाई न्यानो स्वागत गरेका थिए। त्यसको लगत्तै, मोदीले युक्रेनी राष्ट्रिय संग्रहालयमा शहीदहरूमाथिको मल्टि-मिडिया प्रदर्शनी भ्रमण गरे, जहाँ युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले प्रधानमन्त्रीसँग न्यानो हात मिलाए र उहाँलाई अंगालो मारे। द्वन्द्वमा ज्यान गुमाएका बालबालिकाको सम्झनामा राखिएको मार्मिक प्रदर्शनी देखेर प्रधानमन्त्री भावुक भएको भारतीय विदेश मन्त्रालयले जनाएको छ। मोदीले यसप्रति दुःख व्यक्त गर्दै मारिएका बालबालिकाको सम्झनामा खेलौना राखेका थिए। प्रधानमन्त्रीले करिब सात घण्टा कीभमा बिताउनेछन्।

जेलेन्स्कीसँग वार्ता गर्नुअघि मोदीले कीभको ‘ओएसिस अफ पिस’ पार्कमा रहेको सत्य र अहिंसाको प्रतीक महात्मा गान्धीको प्रतिमामा पनि श्रद्धाञ्जली अर्पण गरेका थिए। विदेश मन्त्रालयले भने कि प्रधानमन्त्री मोदीले एक सामंजस्यपूर्ण समाज निर्माणमा गान्धीको शान्तिको सन्देशको कालातीत सान्दर्भिकतालाई रेखांकित गरे र उनले देखाएको मार्गले वर्तमान विश्वव्यापी चुनौतीहरूको समाधान प्रदान गर्दछ। यसअघि किभ पुगेपछि प्रधानमन्त्री मोदीले ‘एक्स’ मा लेखेका थिए, ‘आज बिहान कीभ पुगेँ। भारतीय समुदायले हामीलाई निकै न्यानो स्वागत गरे।‘ यससँगै प्रधानमन्त्रीले केही तस्वीरहरू पनि सेयर गरेका छन्, जसमा उनी भारतीय समुदायका मानिसहरूलाई अभिवादन र कुराकानी गरिरहेको देखिन्छ।

प्रधानमन्त्री मोदीले रुस-युक्रेन द्वन्द्वको वार्ताबाट समाधान खोज्ने उपायहरूमा ध्यान केन्द्रित गर्दै युक्रेनी राष्ट्रपति जेलेन्स्कीसँग पहिले वान टु वान र त्यसपछि प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्नेछन्। प्रधानमन्त्रीको रुस भ्रमणले पश्चिमा मुलुकमा असन्तुष्टि पैदा भएकाले प्रधानमन्त्रीको किभ भ्रमणलाई कूटनीतिक सन्तुलन कायम गर्ने कार्यका रूपमा धेरै सर्कलमा हेरिएको छ। ‘प्रधानमन्त्री नरेन्द्र मोदी ऐतिहासिक आधिकारिक भ्रमणमा आज बिहान कीभ आइपुगे’, भारतीय विदेश मन्त्रालयका प्रवक्ताले एक्समा एक पोस्टमा भने। दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापना भएपछि भारतीय प्रधानमन्त्रीको यो पहिलो युक्रेन भ्रमण हो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement