अरुण सिग्ची अनि मणिराज डुम्जन हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियनका संयोजक पदमा नियुक्त

Untitled design (20)

खरसाङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका केन्द्रीय अध्यक्ष अनित थापाको निर्देशमा पार्टीको भातृ सङ्गठन हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियनका (ट्रेड युनियन) मिरिक महकुमा अनि खरसाङ महकुमाकाे निम्ति संयोजकको पदमा क्रम्मैले अरुण सिग्ची अनि मणिराज डुम्जनलाई नियुक्त गरिएको छ। नियुक्ति पत्रमा भनिएको छ कि हजुरको संगठनप्रतिको लगनशीलता एवं समर्पित भावनाको कदर गर्दै पार्टी केन्द्रीय संस्थापक अध्यक्ष अनित थापा एवं पार्टीको निर्देशमा हजुरहरुलाई संयोजक पदको निम्ति नियुक्ति दिइएको हो। उक्त पदमा आसिन बनेर सङ्गठनको आचार संहिताको पालन गर्दै निष्ठापूर्वक यो पदको गरिमालाई अक्षुण्ण राखि सङ्गठनलाई सुदृढकरण गर्न सबैलाई साथ लिएर अघि बढने आशा एवं भरोसा गरिएको जनाएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement