पहिलो राष्ट्रिय अन्तरिक्ष दिवस समारोहमा राष्ट्रपति सहभागी बनिन्

The President of India, Smt. Droupadi Murmu addressing the India’s First National Space Day - 2024 celebrations at Bharat Mandapam, in New Delhi on August 23, 2024.

नयाँ दिल्ली: राष्ट्रपति द्रौपदी मुर्मुले आज (२३ अगस्त) नयाँ दिल्लीको भारत मण्डपममा पहिलो राष्ट्रिय अन्तरिक्ष दिवस समारोहमा भाग लिइन्। चन्द्रमाको सतहमा ‘विक्रम’ ल्यान्डरको सफल अवतरणको सम्झनामा २३ अगस्त २०२३ मा राष्ट्रिय अन्तरिक्ष दिवस मनाइँदैछ। यस अवसरमा राष्ट्रपतिले ‘रोबोटिक्स च्यालेन्ज’ र ‘इन्डियन स्पेस ह्याकाथन’का विजेताहरुलाई पुरस्कार प्रदान गरिन्। यस अवसरमा बोल्दै राष्ट्रपतिले भनिन्, ‘इसरोको शुरुवाती दिनदेखि नै अद्भुत यात्रा भएको छ। इसरोले अन्तरिक्ष क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गरेको छ। यसका साथसाथै इसरो ले देशको सामाजिक र आर्थिक विकासमा पनि अमूल्य योगदान दिएको छ।‘ उनले समर्पित वैज्ञानिकहरूको प्रशंसा गरिन्, जसले न्यूनतम स्रोतहरू प्रयोग गरेर भारतको अन्तरिक्ष कार्यक्रमलाई विश्वको उत्कृष्ट मध्येमा बनाएका छन्। राष्ट्रपतिले अन्तरिक्ष विज्ञानमा देशले निरन्तर प्रगति गर्ने र उत्कृष्टताका नयाँ कीर्तिमान कायम गर्ने विश्वास व्यक्त गरिन्।

राष्ट्रपतिले भारतको अन्तरिक्ष क्षेत्रको प्रगति असाधारण रहेको बताइन्। उनले भनिन्, ‘सीमित स्रोतसाधनमा सफलतापूर्वक सम्पन्न मंगल मिशन होस् वा एकैपटक सयभन्दा बढी उपग्रहको सफल प्रक्षेपण होस्, हामीले यस क्षेत्रमा धेरै प्रभावशाली उपलब्धिहरू हासिल गरेका छौं।‘

Glimpses of the exhibition showcased on the India’s First National Space Day – 2024 celebrations at Bharat Mandapam, in New Delhi on August 23, 2024.

राष्ट्रपति द्रौपदी मुर्मुले अन्तरिक्ष अन्वेषणले मानवीय क्षमता अभिवृद्धि भएको र देशको कल्पनालाई पूरा गरेको तर अन्तरिक्ष अन्वेषण चुनौतीपूर्ण कार्य भएको बताइन्। उनले भनिन्, ‘अन्तरिक्ष अन्वेषणको क्रममा सामना गर्ने समस्याहरू समाधान गर्न गरिएको अनुसन्धानले विज्ञानको विकासलाई गति दिन्छ र मानव जीवनमा सुधार गर्दछ। अन्तरिक्ष क्षेत्रको विकासले स्वास्थ्य र औषधि, यातायात, सुरक्षा, ऊर्जा, वातावरण, सूचना प्रविधिलगायत धेरै क्षेत्रहरूलाई फाइदा पुर्‍याएको छ।‘

Glimpses of the exhibition showcased on the India’s First National Space Day – 2024 celebrations at Bharat Mandapam, in New Delhi on August 23, 2024.

राष्ट्रपतिले अन्तरिक्ष क्षेत्रलाई निजी क्षेत्रका लागि खुला गर्दा स्टार्टअपको संख्यामा तीब्र वृद्धि भएको बताइन्। ‘यसले अन्तरिक्ष अनुसन्धानमा मात्र प्रगति गरेको छैन तर हाम्रा युवाहरूलाई आफ्नो प्रतिभा प्रदर्शन गर्न र सुधार गर्ने नयाँ अवसरहरू पनि प्रदान गरेको छ। केही महिना अघि मात्रै एउटा भारतीय कम्पनीले एकल-पीस थ्रीडी प्रिन्टेड सेमी-क्रायोजेनिक इन्जिनद्वारा सञ्चालित रकेट सफलतापूर्वक प्रक्षेपण गरेको कुरा याद गर्न पाउँदा खुशी लाग्यो, यो पहिलो उपलब्धि हो’, उनले भनिन्। राष्ट्रपतिले आगामी दिनमा आउने चुनौतिसँग जुध्न तयार हुनुपर्ने बताइन्। अन्तरिक्षमा फोहोरले अन्तरिक्ष अभियानका लागि समस्या निम्त्याउन सक्ने उनले बताइन्। उनले अन्तरिक्ष अनुसन्धान गतिविधिहरूको निरन्तर प्रगति सुनिश्चित गर्न सञ्चालित ‘सुरक्षित र दिगो सञ्चालन व्यवस्थापनका लागि इसरो प्रणाली’ सुविधाको प्रशंसा गरिन्। भारतले सन् २०३० सम्ममा आफ्ना सबै अन्तरिक्ष अभियानहरूलाई फोहोरमुक्त बनाउने दिशामा अघि बढिरहेको कुरा थाहा पाउँदा उनी निकै खुशी भइन्। -पीआईबी

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement