जीटीएद्वारा सप्ताहव्यापी भाषा मान्यता दिवस कार्यक्रम अन्तर्गत खरसाङमा निबन्ध लेखन प्रतियोगिता सम्पन्न

IMG-20240823-WA0251

खरसाङ: गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको आयोजनामा सप्ताहव्यापी भाषा मान्यता दिवस कार्यक्रम अन्तर्गत आज खरसाङमा भाषा मान्यता दिवस साथै विद्यार्थीहरूलाई लिएर निबन्ध लेखन प्रतियोगिता सम्पन्न भएको छ। जीटीएको सूचना अनि सांस्कृतिक विभाग र शिक्षा विभागको संयुक्त आयोजनामा खरसाङको नयाँ बजारस्थित सार्वजनिक भवनमा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा वरिष्ठ साहित्यकार जीबी बल उपस्थित रहेका थिए भने विशिष्ठ अतिथिको रुपमा सूचना अनि सांस्कृतिक विभागको कार्यकारी सभासद अनोश थापा, खरसाङका जनसम्पर्क अधिकारी सुवास प्रधान, वरिष्ठ साहित्यकारहरू, समाजसेवी र भाषाप्रेमीहरू उपस्थित रहेका थिए। उक्त निबन्ध लेखन प्रतियोगिता अन्तर्गत खरसाङ क्षेत्रका विभिन्न विद्यालयहरूबाट आएका २५ जना विद्यार्थीहरूबाट पहिलेबाटै जुरीले १० जनालाई चयन गरेपछि १० जनाले आजको कार्यक्रममा आफ्नो आफ्नो निबन्ध पठन गरेर पनि सुनाएका थिए। उक्त निबन्ध लेखन प्रतियोगितामा निर्णायकको रुपमा उषाकिरण सत्यदर्शी, प्रकाश प्रधान, सञ्जीव छेत्री अनि समय सचेतकको रूपमा उपेन्द्र प्रधान उपस्थित रहेका थिए। आजको प्रतियोगिताबाट १० जनाबाट २ जनलाई चयन गरेर आगामी ३१ अगस्तको दिन दार्जीलिङको गोर्खा रंगमञ्च भवनमा आयोजना हुने कार्यक्रममा पठाइने भएको छ। दुईजनामा खसाङको सन्त जोसेफ कन्या उच्चत्तर माध्यमिक विद्यालयकी आस्था सुब्बा र तीनधारे उच्चत्तर माध्यमिक विद्यालयको आयुष राई चयन भएका छन्। आजको भाषा मान्यता दिवस कार्यक्रममा सूचना अनि सांस्कृतिक विभाग भाषा अनि साहित्य संकायको सह निर्देशक बिमल राईले स्वागत सम्भाषण राखेका थिए। कार्यक्रममा खरसाङ महाविद्यालयका प्राध्यापक डा योगेस खातीले भाषा मान्यता र निबन्ध लेखन प्रतियोगितामाथि वार्ता प्रस्तुत गरेका थिए भने वरिष्ठ साहित्यकार पूर्ण गुरुङ निरुपमले भाषा मान्यताको संघर्ष विषयमा वक्तव्य राखेका थिए। कार्यक्रममा विशिष्ट अतिथि कार्यकारी सभासद अनोश थापाले पनि सम्बोधन गरेका थिए। सबिना गिरीले सञ्चालन गरेको यस कार्यक्रममा खरसाङ क्षेत्रका वरिष्ठ भाषाप्रमेमीहरू एंव समाजसेवीहरू तिलक शर्मा, बिनोदप्रकाश शर्मा, तुलसीप्रसाद अधिकारी लगायत अन्यलाई भाषा सम्मानद्वारा सम्मानित गरिएको छ। कार्यक्रममा सूचना अनि सांस्कृतिक विभागको कलाकारहरूले नृत्य अनि गीतहरू प्रस्तुत गरेका थिए। यस कार्यक्रम विषयमा पत्रकारहरूसित कुराकानी गर्दै कार्यक्रमको संयोजक एवं खरसाङको जनसम्पर्क अधिकारी सुवास प्रधानले गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको प्रमुख अनित थापाको निर्देशनमा यसपाली सप्ताहव्यापी भाषा मान्यता दिवस पालन गरिरहेको र यसै क्रममा आज खरसाङमा निबन्ध लेखन प्रतियोगिता सम्पन्न भएको जानकारी गराएका छन्। उनले एक दिन मात्र भाषा मान्यता दिवस पालन गरेर हुँदैन तर हामीले व्यवहारिक रूपमा कार्य पनि गर्नुपर्छ भन्दै यसै कुरालाई ध्यानमा राखेर खरसाङ क्षेत्रका २५ जनाबाट जुरीले १० जना चयन गरी आजको कार्यक्रममा सहभागी बनाएको अनि आजको कार्यक्रमबाट २ जनालाई चयन गरेर दार्जिलिङमा आगामी ३१ अगस्तको दिन हुने कार्यक्रममा पठाइने बताएका छन्। जनसम्पर्क अधिकारी सुवास प्रधानले यस निबन्ध लेखन प्रतियोगितामा प्रथम हुनेलाई ३० हजार, दोस्रो हुनेलाई २० हजार र तेस्रो हुनेलाई १० हजार नगदराशि प्रदान गरिने जानकारी पनि गराएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement