महिला डाक्टरले न्याय पाउनु पर्ने साथै नारीहरू सुरक्षित रहनु पाउनु पर्ने मांग गर्दै खरसाङमा रैली

IMG-20240823-WA0225

खरसाङ: कोलकोतामा महिला डाक्टरको बलत्कार अनि हत्याको घटनालाई लिएर साथै देशमा नारीहरूको सुरक्षाको मांग गर्दै आज खरसाङमा रैली निकालिएको छ। खरसाङस्थित सन्त पावल चर्चको नारी संगठनको आयोजनामा उक्त निकालिएको छ। उक्त विरोध रैली खरसाङको टुरिस्ट लजदेखि शुरु भएर खरसाङ बजारको वर्ध्दमान रोड हुँदै मोटर स्ट्याण्ड आएर पंखाबारी रोड हुँदै महकुमा शासक कार्यालयसम्म निकालिएको छ। कोलकोतामा महिला डाक्टरको बलत्कार अनि हत्याको घटनालाई लिएर साथै देशमा नारीहरू सुरक्षित र स्वतन्त्र रूपमा बस्न बस्न पाउनुपर्छ भन्ने माग गर्दै उक्त रैली निकालिएको छ।

उक्त रैलीमा खरसाङ क्षेत्रका विभिन्न अल्पसंख्यक समुदायका मानिसहरू साथै विभिन्न संघ संस्थाहरूका नारी प्रतिनिधिहरूले सहभागिता जनाएका थिए। उक्त रैली खरसाङको महकुमा शासक कार्यालयमा पुगेर पथ सभामा परिणत भएको थियो जसलाई प्रजेस लेप्चा लगायत सन्त पावल चर्चका नारी संगठनका प्रतिनिधिहरूले वक्तव्य राखेका थिए। यसै अवसरमा देशमा नारीहरू सुरक्षित रहनु पाउनु पर्ने साथै कोलकोता घटनाको पिढीत महिला डाक्टरले न्याय पाउनुपर्छ भन्ने माग गर्दै खरसाङ महकुमा शासक आईएएस बिन्दावासी तेजा दिपकमार्फत् राज्यकी मुख्यमन्त्रीक माध्यमले प्रधानमन्त्रीलाई ज्ञापन चढाएका छन्। उक्त विरोध रैली विषयमा खरसाङस्थित सन्त पावल चर्चको नारी संगठनको सचिव डिमु लेप्चा लामाले पत्रकारहरूसित कुराकानी गर्दै आज खरसाङ सन्त पावल चर्चको नारी संगठनको आयोजनामा कोलकोता घटनाको विरोधमा साथै देशमा नारीहरू सुरक्षित रहनु पाउनु पर्ने मांग गर्दै रैली निकालिएको बताएकी छन्।

उनले उक्त रैली खरसाङको टुरिस्ट लजदेखि खरसाङ बजार हुँदै पंखाबारी रोड भएर खरसाङ महकुमा शासक कार्यालयसम्म आयोजना गरिएको बताएकी छन्। उनले यस रैलीमा सहभागिता जनाउने सबैप्रति आभार प्रकट गरेकी छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement