कारको धक्काबाट युवकको मृत्यु

IMG-20240629-WA0057-copy-10

अलिपुरद्वार: राष्ट्रिय राजमार्गमा कारको धक्काबाट एक युवकको मृत्यु भएको छ। घटना अलिपुरद्वार जिल्लाको काल्चिनी ब्लकको हासिमारा गुरुद्वारा क्षेत्रमा भएको हो। मृत्यु हुने युवकको पहिचान काल्चिनी ब्लकको मध्य सतली क्षेत्रका कमल दास रहेको छ। स्थानीय स्रोतका अनुसार युवक हिजो राति नगरकाटाबाट हसिमारा रेलवे स्टेशनमा रेल चढेर राष्ट्रिय राजमार्ग हुँदै घर फर्कदै गर्दा उनलाई कारले धक्का दिएर भागेको हो। युवकको घटनास्थलमै मृत्यु भएको हो। यो घटनाले पूरै क्षेत्रमा सनसनी फैलाएको छ। खबर पाएलगत्तै हासिमारा चौकी पुलिसले घटनास्थलमा पुगेर युवकलाई उद्धार गरी कल्चिनीस्थित लताबदी ग्रामीण अस्पतालमा पुर्याएको थियो। पछि कालचिनी पुलिसले शव बरामद गरी पोस्टमार्टमको लागि आज अलिपुरद्वार जिल्ला अस्पताल पठाएको थियो। पुलिसले घटनाको अनुसन्धान शुरु गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement