सिलगढी: बालसन ब्रिज आजदेखि चार दिनको लागि बन्द रहेको छ। पीडब्ल्युडीले आज १९ अगस्तदेखि २२ अगस्तसम्म ब्रिज बन्द राख्ने निर्णय लिएको छ। प्राप्त जानकारी अनुसार बालसन ब्रिजको क्षतिग्रस्त ३ नम्बर पिलरको मरमति कार्य पुरा भइसकेकोले अब पीडब्ल्युडी-ले बालसनमाथि बनाइएको वैकल्पिक बेली ब्रिज खोल्ने भएको छ। बेली ब्रिज खोल्नको लागि नै ४ दिनसम्म बालसन ब्रिज बन्द राख्नको लागि पीडब्ल्यूडी ले सिलगढी मेट्रोपोलिटन पुलिसलाई पत्राचार गरेको थियो। पीडब्ल्यूडी ले आजदेखि आगामी २२ अगस्तसम्म बेली ब्रिज खोल्ने काम गर्ने बताइएको छ।
About Author
Post Views: 157