झापा: धनकुटामा चिर्पट प्रहारबाट एक व्यक्तिको हत्या भएको छ ।जिल्लाको साँगुरीगढी गाउँपालिका ५, लाप्चेटारमा दाउराको चिर्पट प्रहारबाट एक व्यक्तिको हत्या भएको हो।
प्रहरीका अनुसार चौबिसे गाउँपालिका ५ का कमल विश्वकर्माले चिर्पट प्रहार गर्दा गम्भीर घाइते भएका ५१ वर्षीय नरवीर विश्वकर्माको मृत्यु भएको हो।
चिर्पट प्रहारपछि घाइते भएका नरवीरलाई उपचारका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्याइएको थियो। उनको उपचारकै क्रममा बिहीबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी निरीक्षक अनिल साहले जानकारी दिए।
चिर्पट प्रहारमा संलग्न कमललाई प्रहरीले बिहीबारै पक्राउ गरेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।