सिलगढी: हिमालय दर्पणका पत्रकार एवं दार्जीलिङ प्रेस गिल्डका सचिव केशर मोक्तान र उपसभापति राजेश जोशीलाई उत्कृष्ट अन्तर्राष्ट्रिय पत्रकार सम्मान २०२२ शुक्रबार दिल्लीमा प्रदान गरिएको छ। आजादीको अमृत महोत्सव कार्यक्रमअन्तर्गत इण्डो-नेपाल फ्रेन्डसीप अवार्ड २०२२ अन्तर्गत मङपूका पत्रकार केशर मोक्तान र घुमका पत्रकार राजेश जोशीलाई उक्त सम्मान प्रदान गरिएको हो। दिल्लीस्थित संविधान भवनमा आयोजित कार्यक्रमबीच देश विदेशका पत्रकार अनि समाज सेवकहरुलाई सम्मान जनाइएको थियोl जसमा हाम्रो न्यूजका पत्रकार अमर प्रधानलाई पनि उत्कृष्ट अन्तर्राष्ट्रिय पत्रकार सम्मान २०२२ प्रदान गरिएको छ। सोसिएल जस्टिस फर इन्टर्नेशनल सिभिल राईटस काउन्सिलको आयोजनामा सम्पन्न भएको कार्यक्रममा सम्मान गरिएको छ। कार्यक्रमका प्रमुख अतिथि आईपीएस डा.एम. अब्दुल सलाम,विशिष्ट अतिथिहरु सीपी साह, दिवस लामा, गोपीनाथ भेन्नरी, दिपान्जली छेत्री, अनि अन्य अतिथिगणको बाहुलीबाट सम्मान प्रदान गरियो।