केरल सरकारले श्रीजेशलाई २ करोड़ रुपियाँ दिने

IMG-20240821-WA0267

तिरुवनन्तपुरम: भारतीय पुरुष हकी टीमका दिग्गज गोलकीपर तथा पेरिस ओलम्पिकमा टीमलाई लगातार दोस्रो पदक दिलाउनमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने पीआर श्रीजेशको निम्ति केरल सरकारले बुधवार २ करोड़ रुपियाँको नगद पुरस्कारको घोषणा गऱ्यो। मुख्यमन्त्री कार्यालयको बयान अनुसार, मुख्यमन्त्री पिनाराई विजयनको अध्यक्षता क्याबिनेटको बैठकमा यसबारे निर्णय लिइयो। कार्यालयद्वारा जारी बयानमा भनिएको छ, पेरिस ओलम्पिकमा काँस्य पदक जित्ने भारतीय हकी टीमका सदस्य रहने पीआर श्रीजेशलाई २ करोड़ रुपियाँको नगद पुरस्कार दिइनेछ। श्रीजेशले पेरिस ओलम्पिकपछि खेलबाट सन्न्यास लिएका छन्। भारतले पेरिसमा काँस्य पदकको म्याचमा स्पेनलाई २-१-ले पराजित गरेको थियो। श्रीजेशलाई हकी इण्डियाले जूनियर टीमको प्रशिक्षक नियुक्त गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement