नेपालीमा सरकारी अधिसूचनाः मुख्यमन्त्रीप्रति प्रेस क्लब आभारी

IMG-20240821-WA0264

गान्तोक: ३३औँ नेपाली भाषा मान्यता दिवसको अवसरमा मुख्यमन्त्री प्रेमसिंह तामाङद्वारा अबउसो सरकारी अधिसूचना र राजपत्रहरू अङ्ग्रेजीसँगै नेपाली भाषामा पनि जारी गरिने भनी घोषणा गरिएको २४ घण्टा नबित्दै उक्त घोषणा कार्यान्वयनमा आएकोमा प्रेस क्लब अफ् सिक्किम हर्ष व्यक्त गर्दै मुख्यमन्त्री एवम् सिक्किम सरकारप्रति हार्दिक आभार एवम् कृतज्ञता प्रकट गर्दछ। नेपाली भाषा मान्यतालाई व्यवहारमा ल्याउने दिशामा यो एउटा ऐतिहासिक पहल भएको हामीले अनुभव गरेका छौँ। भाषा मान्यता दिवसको भोलिपल्टै सरकारद्वारा नेपाली भाषामा अधिसूचना जारी गरिनुले भाषाको विकास र समृद्धिप्रति सरकारको गम्भीर एवम् सकारात्मक पहललाई दर्शाएको छ। यस ऐतिहासिक निर्णयले नेपाली पत्रकारितालाई पनि ठुलो टेवा पुग्ने कुरामा हामी विश्वस्त छौँ। मुख्यमन्त्री प्रेमसिंह तामाङले भाषा मान्यता दिवसलाई सरकारी विदाको रूपमा घोषणा गरेपछिको यो दोस्रो महत्त्वपूर्ण घोषणा भएको छ। सरकारको यस प्रकारको निर्णयको स्वागत जनाउँदै कृतज्ञता प्रकट गर्दछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement