महिलाविरूद्ध हुने हिंसा र वान स्टप सेन्टरमाथि एक दिवसीय अभिमुखी कार्यक्रम आयोजित

IMG-20240821-WA0263

गान्तोक: पाकिम जिल्लाको महिला एवम वाल विकास विभागको पहलमा महिलाहरूविरूद्ध हुने हिंसा र वान स्टप सेन्टरमाथि एक दिवसीय अभिमुखी कार्यक्रम आयोजना गरियो। पाकिम जिल्लाको पुलिस थानामा आयोजित यस कार्यक्रमको मुख्य उद्देश्य वान स्टप सेन्टरद्वारा उपलब्ध गराइएको सेवा र पुलिससँगको सम्वन्धलाई अझ मजबुत बनाउनु रहेको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै सेन्टरकी प्रशासक छोङ छुइकी भोटियाले वान स्टप सेन्टर विशे, गरेर प्रभावित महिलाहरूलाई सहयोग गर्ने उद्देश्यले गठन गरिएको हो। महिलाहरूलाई जहाँ पनि कुनै प्रकारको समस्या उत्पन्न हुन्छ, जस्तै परिवारमा, सार्वजनिक स्थल र कार्यस्थलमा समस्या अर्थात हिंसा भएर प्रभावित बनेको खण्डमा यस सेन्टरले सहयोग प्रदान गर्ने र अहिलेसम्म गर्दै आइरहेक उनले बताइन्। यसरी नै यस केन्द्रले महिलाहरूमा हुने शारिरिर यौन दुर्व्यवहार, मनोवैज्ञानिक, आर्थिक, शिक्षा, जात आदिबाट प्रभावित महिलाहरूलाई सबै प्रकारको सहयोग प्रदान गर्ने उनले अवगत गराइन्। विशेष गरेर यौन दुर्वय्वहारको शिकार, घरेलु हिंसा, बेचबिखनको चपेटमा परेका महिलाहरूलाई प्राथमिकता दिएर काम गर्ने जानकारी गराइन्। सेन्टरद्वारा गरिएको पहल र मुद्दाहरूलाई अत्यन्त गोप्यरूपमा काम गर्ने र प्रभावित महिलाहरूलाई कुनै प्रकारको समस्या नहोस् भन्ने ध्येय राखेर अहिलेसम्म काम गर्दै आइरहेको भोटियाले अवगत गराइन्। पाकिम जिल्लामा पनि यसै वर्षको फरवरी महिनादेखि वान स्टप सेन्टर सञ्चालन भएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement