गान्तोक: राज्यपाल ओमप्रकाश माथुरले आज नाम्ची जिल्लाको नामथाङ कृषि विज्ञान केन्द्रको भ्रमण गरे। जिल्ला अधिकारी, कृषि अधिकारीहरु, पञ्चायतहरु, सरकारी कर्मचारीहरु र स्थानीय नागरिकहरुलाई सम्बोधन गर्दै राज्यपालले कृषि क्षेत्रमा रहेको अनेक सम्भावनाबारेमा छलफल गर्दै राज्यका कृषकहरुलाई अवसरहरूबारे जागरुकता गराउनुपर्ने कुरामा बल दिए। उनले सहकार्य र जागरुकताले कृषि विकासमा फाइदा पुग्नसक्ने कुरामा जोड दिए। राज्यपालले कृषि क्षेत्रमा महिला सशक्तिकरणको महत्त्वलाई जोड दिँदै महिला कृषकहरूका बीचमा स्वंय सहायता समूहको सक्रियतालाई प्रोत्साहित गरे। राज्यपालले सिक्किमको कृषि र फ्लोरिकल्चर क्षेत्रको उत्थानमा योगदान दिन सबैलाई आह्वान गरे। उनले कृषि क्षेत्रमा रहेका सम्भावनाहरूलाई फस्टाउने उद्योगहरूमा रूपान्तरण गर्ने विचार पनि साझा गरे। उनले कृषक समुदायको आर्थिक विकासस सुनिश्चित गर्नका लागि हरसम्भव सहयोग गर्न सरकार प्रतिबद्ध रहेको विश्वास दिलाए। उनले राज्यको कृषि उद्योगलाई साकार पार्न साहसी कदम चाल्ने प्रोत्साहन गर्दै हरसम्भव सबै सहयोग गर्न सरकार प्रतिबद्ध रहेको आश्वासन दिए। कार्यक्रममा, “एक पेड माँ के नाम” अभियानको विश्वव्यापी महत्वलाई अधिकारीहरुले प्रकास पारेका थिए। कार्यक्रममा कृषि विभागीय सचिव जेडी भोटियाले सिक्किमका ग्रामीण कृषकहरुले प्रधानमन्त्री कृषि सिंचाई योजनाअन्तर्गत प्राप्त गरिरहेका महत्त्वपूर्ण फाइदाहरूबारे राज्यपालाई जानकारी गराए। यस योजनामार्फत कृषि उत्पादकत्व वृद्धि गरी कृषकलाई सहुलियत दरमा विभिन्न प्रकारका सिँचाइ उपकरण उपलब्ध गराइँदै आएको जानकारी पनि दिए। सचिवले नयाँ कृषि विकास मोडल कृषि क्षेत्रका युवाहरूलाई सशक्तिकरण गर्न केन्द्रित रहेको उल्लेख गरे। सचिवले माटोको अम्लताको चुनौतीबारे बोल्दै सिक्किमका कृषि क्षेत्रहरूमा कृषि विज्ञानको पहलले स्वस्थ माटो र राम्रो बाली उत्पादन सुनिश्चित गर्न लाभ पुगेको जानकारी गराए। उनले कृषि उन्नति योजनाको महत्त्वबारे पनि जानकारी दिए। कृषकहरूले राष्ट्रिय खाद्य सुरक्षा मिशनबाट उल्लेखनीय लाभ उठाइरहेको बताउँदै यो पहलले खाद्य सुरक्षा सुनिश्चित गर्न र कृषि अभ्यासहरू सुधार गर्न महत्त्वपूर्ण भूमिका खेलिरहेको बताए। यसअवसरमा अतिरिक्त, सचिवले जैविक मिशन योजनाको सकारात्मक प्रभावबारे प्रकास पारेका थिए। यसअन्तर्गत कृषकहरुले ७५,००० हेक्टर जैविक जमिनमा खेती गरिरहेको यो पहल दिगो कृषि प्रवर्द्धनमा जीविकोपार्जनका लागि लाभकारी बन्ने बताए। राज्यपालको दक्षिण जिल्ला भ्रमणको अवसरमा जिललापाल जिल्ला पुलिस अधीक्षक डा टीएन ग्याछो भोटिया, नोडस अधिकारी छिरिङ टेन्डुप भोटिया र कृषि विज्ञान केन्द्रका अधिकारीहरुले स्वागत गरेका थिए।