सिलगढी: उज्वला योजना अन्तर्गत पाइने ग्यास सिलिन्डरमा १० रुपियाँ बढी लिएको विवादमा डाबग्राममा ग्यास सिलिन्डर वितरण गर्ने युवकले योजनाका लाभार्थीलाई कुटपिट गरेको घटना बाहिर आएको छ। घटनामा एक महिला र एक पुरुष पनि घाइते भएका छन्। यस विषयमा मिता सरकारले उज्वला योजनाअन्तर्गत पाइने ग्यास सिलिण्डरको वितरणमा प्रायः समस्या हुने गरेको बताइन्। यस सम्बन्धमा उनले फुलबारी ग्यास सिलिन्डरको मुख्य कार्यालयमा पनि गुनासो गरेका थिए। यसैबीच आज ग्यास सिलिन्डर दिन आएका डेलिभरी ब्वाईलाई थप रुपियाँ दिएपनि डेलिभरी ब्वाईले थप १० रुपियाँ माग्न थाले। त्यही क्रममा पैसा नदिएपछि उनले ग्यास सिलिन्डर लिन थाले। त्यसको विरोध गर्दा ग्यास सिलिन्डर डेलिभरी ब्वाइले मित्या सरकारकी आमा बुवालाई कुटपिट गर्न थालेको आरोप छ। त्यसपछि मौका देखेर उनी त्यहाँबाट भागे। हाल मिता सरकारले यस विषयमा कारबाही गर्न माग गरेको छ।