सांसद राजु विष्टले पनि आँगनवाडी कर्मीहरूको समस्या समाधान गरिदिनु पर्ने मांग
दार्जिलिङ: पश्चिम बंगाल आँगनवाडी कर्मी सहायिका कल्याण संगठनद्वारा दार्जिलिङको सांसद राजु विष्टले पनि आँगनवाडी कर्मीहरूको समस्या समाधानको लागि कार्य गरिदिनुपर्छ भनी मांग गरेका छन्। वर्तमान समयको मांग अनुसार आँगनवाडी कर्मीहरूले स्मार्ट फोनमा काम गरिरहेको र फोनमा धेरै अनलाइन कामहरू गर्नु परिरहेको र गरिरहेको पनि तर आँगनवाडी कर्मीहरूलाई स्मार्ट फोन उपलब्ध नगराइएको विषयमा पनि संगठनले आवाज उठाएका छन्। यसै कुराहरूलाई लिएर आज आँगनवाडी कर्मी सहायिका कल्याण संगठनले दार्जिलिङ जिल्ला आँगनवाडी सेल कार्यालय अघाड़ी प्रदर्शन गरेका छन्।

उक्त प्रदर्शनमा संगठनले आँगनबाड़ी कर्मीहरूको लागि विभिन्न मांगहरू र विभिन्न समस्याहरू समाधान गरिदिनु पर्ने मांग गरेका छन्। यस विषयमा पत्रकारहरूसित कुराकानी गर्दै पश्चिम बंगाल आँगनवाडी कर्मी सहायिका कल्याण संगठनको राज्य कमिटीको कार्यकारी सभापति मौसमी घोषले विस्तृत रूपमा जानकारी गराएका छन्।