भविष्यमा हुने चुनावमा हामी आफ्नै पार्टीकोे चिन्ह लिएर चुनाव लड्नेछौं: अनित थापा
खरसाङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा खरसाङ टाउन कमिटी, नारी शक्ति, युवा शक्ति अनि खरसाङ नगरपालिकाको वार्ड नम्बर १ देखि २० नम्बर वार्डसम्मका प्रतिनिधिहरूलाई लिएर सभा सम्पन्न भएको छ। उक्त सभा खरसाङ टाउन कमिटीको अध्यक्ष राजु शर्माकोे अध्यक्षतामा सपन्न भयो। सभालाई टाउन कमिटीको कार्यवाहक सचिव बीरबल पाख्रिनले सञ्चालन गरेका थिए। सभामा वक्तव्य राख्ने क्रममा सर्वप्रथम टाउन कमिटी नारी शक्तिका सभापति देवकी प्रधान सुब्बाले आफ्नो वक्तव्य राख्दै सभामा आफ्नो घरेलु कार्यलाई बिराम लगाएर यसरी वृहत रूपमा उपस्थित भई दिएकोमा धन्यवाद जनाए। उनले नारीहरूको भूमिका विषयमा बोल्दै आफु पनि नारी हूँ र सबै क्षेत्रमा नारीकाे योगदान ठूलो रहने गरेको छ र हामी पनि आज जसरी भेला भएर अनित थापाकोे नेतृत्त्वलाई हृदयबाट स्वीकार गरी सङ्गठित भएका छौं। त्यसरी अब प्रत्येक वार्डमा हाम्रो संगठनलाई बलियो बनाउन कार्य गर्नुपर्छ भन्दै सम्पूर्ण नारी शक्तिलाई एक जुट भएर कार्य गर्ने आह्वान गरिन्। त्यसरी नै सभालाई सम्बोधनको क्रममा खरसाङ टाउन कमिटी युवा शक्तिको मूल सचिव बन्धन लामाले संगठनकोे वर्तमान रिपोर्ट राख्दै संगठन गरेपछि राम्राेलाई राम्रो अनि नराम्रोलाई नराम्रो भन्नु सक्नुपर्छ। युवा शक्ति कूनै पनि संगठनकोे मेरुदण्ड हुन्छ र हामी सांगठनिक रूपमा मात्रै होइन तर मिडियामा पनि सक्रिय हुनु अति आवश्यक हुन्छ भनी बताए। उनले संगठनमा आफ्नो फाईदाकोे लागि ठिक्कै पार्ने सदस्यहरूलाई फाइदाकोे निम्ति मात्र होइन तर एउटा जिम्मेवारीकोे साथमा संगठनलाई सुदृढ बनाउनकोे निम्ति पनि कार्य गरिदिने निवेदन गरे। यसरी नै सभामा टाउन कमिटीको कार्यवाहक अध्यक्ष सन्दीप बलले विगतमा एचएफएका घर पाउने बेनेफेसरीहरूले घर बनाउँदा पाउने रकमकोे किस्ती समयमा नपाएर भोगिरहेका दुःख लिएर आदेश अनुसार गरिएको सर्वे विषय लिएर अध्यक्ष अनित थापाको ध्यानाकर्षण गराउँदै रहल रकम दिलाउन हेतु पहल गरिदिने निवेदन गरे। उनले अनित थापाकोे कुशल नेतृत्वमा जनताकाे हितमा विकासमूलक, कार्यहरुको जानकारी स्वरूप फोटो मैगजीन जनताको समक्ष छिट्टै लिएर आउनेछौं भनी बताए साथै जीटीएद्वारा भेग भेगमा भएको कार्यहरूको सबै सबैले प्रचार गरिदिने आग्रह गरे। टाउन कमिटीका अध्यक्ष राजू शर्माले संगठनलाई बलियाे बनाउनकोे निम्ति हामीले प्रत्येक वार्डमा जनसाधारणलाई भईरहेकाे समस्या गुनासोलाई बुझेर त्यसलाई समाधान हेतु पहल गर्नुपर्छ। सबै प्यारेन्ट्स, नारी, युवा होइन तर संगठन क्याडर भएर अघि बढनु पर्नेछ। सभाको मुख्य वक्ता भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका अध्यक्ष अनित थापाले मिडिया एउटा माध्यम हुन् तर हामीले जमीनी स्तरमा संगठनलाई बलियाे बनाउनकोे निम्ति सबैलाई सङ्गठित हुन अति आवश्यक छ विगतकोे चुनाव हाम्रो निम्ति एउटा सीख हो भनी बताएका छन्। उनले भने, ‘हामी रूलिङ पार्टी हौं। हामीले जनताकोे निम्ति कार्य गर्नु नै पर्छ भेदभाव नगरी विगतकोे चुनावमा एलायन्स पार्टीलाई हामिले सकाको थियौं हुनसक्छ कतिले मन पराएनन् तर भविष्यमा हुने चुनावमा हामी आफ्नै पार्टीकोे चिन्ह लिएर लड्ने छौं।’ उनले अघि भने, खरसाङको जनताले हामीलाई रुचाएर नै हामी विगतका पञ्चायत जीटीएका चुनाव बहुमतमा जितेका थियौं। र अबो हामीले हाम्रो कार्य गर्ने तरिकालाई अझैं सुदृढ बनाउनु पर्नेछ। पार्टीलाई समर्थन गर्ने प्रत्येक क्याडरकाे आफ्नो घर अघि पार्टीकोे झण्डा आगामी सितम्बर महिनादेखि लाउने आग्रह गर्दछु।’
थापाले खरसाङ महकुमा अस्पताल सत्तर करोडकोे लागतमा यथाशीघ्र खरसाङकोे जनताकोे निम्ति निर्माण हुने जानकारी दिए। उनले खरसाङकोे जनताकोे विकासकोे निम्ति खरसाङकोे जनता अघि आउनुपर्छ भन्दै आगामी ९ सितम्बरमा मिरिकमा मनाइने स्थापना दिवसकोे बधाई दिँदै खरसाङबाट वृहत रूपमा गएर भव्य बनाउने आह्वान गरे। सभामा नव नियुक्त पर्यवेक्षकद्वय समीरदिप ब्लोन र सुभाष प्रधान, २८ नम्बर समष्टिका सभासद श्याम शेर्पासंगै केन्द्रीय समितिका नेतृत्वगण, सदस्य सदस्या, महकुमा समितिका नेतृत्व नेत्रीगण, सदस्यागण, टाउन कमिटीका संपूर्ण प्यारेंट्स, नारी, शक्तिसंगै बीसवटै वार्डका प्रतिनिधीगण उपस्थित थिए।









