खरसाङ: भागोप्रमो केन्द्रीय समिति संस्थापक अध्यक्षको निर्देश अनुसार ४५ वटै समष्टिमा पर्यवेक्षक नियुक्त गरेका छन्। प्रत्येक समष्टि स्तरमा संगठनको धरातल मजबुतिकरण लिएर समष्टि पदाधिकारीवर्गको तालमेल एंव जनहितमा पार्टीगत सेवाकार्य गरिरहेछ भन्ने उद्देश्य लिएर खरसाड महकुमाको २८ र २९ नम्बर समष्टि अन्तर्गत समीरदिप ब्लोन अनि सुवास प्रधानलाई नियुक्ति दिएपछि खरसाङ टाउन कमिटीको अभिभावक, नारी शक्ति, युवा शक्तिलाई लिएर अलग-अलग सभामा सांगठनिक रूपमा भागोप्रमो केन्द्रीय संस्थापक अध्यक्ष अनित कुमार थापासंग सभा गरिने भएको छ। यस अन्तर्गत खरसाङको नयाँ बजारस्थित सार्वजनिक भवनमा पार्टीगत सांगठनिक सयुंक्त सभा सम्पन्न गरियो। सभाको अध्यक्ष भागोप्रमो खरसाङ टाउन कमिटिको सभापति राजु शर्मा राखिएको थियो भने सभाको सञ्चालन बीरवल पाख्रिनले गरेका थिए। सभामा टाउनका अभिभावक,युवा, महकुमा नारी शक्ति पक्षबाट सम्बोधन गरियो भने पार्टीको सांगठनिक विषय लिएर केन्द्रीय संस्थापक अध्यक्ष अनित कुमार थापाले सभामा उपस्थित समुहलाई सम्बोधन गरेका थिए।

उक्त सभामा सुवास प्रधान, समीरदिप ब्लोन, पेमेन्द्र गुरूङ, जैतुन निशा खातुन, प्रभा छेत्री, सभासद श्याम शेर्पा विशेष रूपमा उपस्थित रहेका थिए भनी जानकारी प्राप्त भएको छ।