जोरबङ्लो महाविद्यालयमा सङ्गोष्ठी एवम् छ्न्द प्रशिक्षण कार्यक्रम

खरसाङ: जोरबङ्लो महाविद्यालयमा सङ्गोष्ठी एवम् छ्न्द प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।
प्राचार्य विनय गजमेरको सभाअध्यक्षतामा पहिलो सत्रका अतिथि डा. देवी नेपाललगायत नेपालीले छन्दबारे विस्तृत व्याख्यानसहित लेखन अभ्यास पनि गराइएको थियो। उक्त सत्रमा डा. सुकराज दियाली, देवीलाल प्रधान, लिना ढुंगाना, सुमित्रा अविरल आदि थिए। प्रा. डा. देवी नेपालले दिएको प्रस्तुति अति रोचक थियोे भने विद्यार्थीहरू पनि पर्याप्त लाभान्वित भए।

दोस्रो सत्रमा प्रा. विशाल विश्वकर्म, चन्दन थापा, प्रा. हिमाञ्जली तामाङ, अभिषेक शेर्पा आदिले आफ्ना प्रस्तुति दिए। डा. महेश दाहालले भाषा दिवसलाई नै पालन गर्न उक्त विमर्श कार्यक्रम गरेको बताएका छन्। सभाअध्यक्ष्यीय सम्बोधनमा प्राचार्य विनय गजमेरले विषय लाभदायी र स्तरीय भएको जनाए।

About Author

Advertisement