खरसाङ: कोलकाता आरजी कर मेडिकल कलेजमा महिला डाक्टरको बलत्कार अनि हत्याको घटनालाई लिएर एनएफ रेलवे इम्प्लोइज युनियन तीनधारे शाखाद्वारा शोक प्रकट गरिएको छ। उक्त घटनालाई लिएर दार्जिलिङ हिमालयन रेलवेको तीनधारेस्थित कारखानामा इम्पोलइज युनियन तीनधारे शाखाको सभापति रबीन सुब्बा र सचिव बिराज प्रधानको पहलमा हात हातमा प्ला कार्ड र मैनबत्ती लिएर एक मिनटको मौन धारण गरिएको छ। उक्त घटनामा महिला डाक्टरले न्याय पाउनुपर्छ र पिढीत परिवारले झट्टै न्याय पाउनुपर्छ भनी मांग गरिएको छ। भविष्यमा पनि यस्तो घटना घृणित घटना नघटोस् भन्दै इम्पोलइज युनियन तीनधारे शाखाको सचिव बिराज प्रधान र कार्यकारी सभापति नरेन बम्जनले वक्तव्य राखेका थिए। उक्त घटनामा पिढित महिला डाक्टरले न्याय पाउनु पर्ने, मृतक महिला डाक्टरको आत्माले शान्ति पाऊन् तथा मृतकको परिवारप्रति गहिरो शोक समवेदना प्रकट गरेका छन् भनी नरेन बम्जनले तीनधारेबाट जानकारी गराएका छन्।