कोलकाता वर्षाको सतर्कता: बंगालको खाडीमा चक्रवात बन्दै

cyclone-copy

कोलकाता: क्लोकाताका विभिन्न जिल्लामा केही दिनदेखि परेको अविरल वर्षाको बीचमा मंगलबार बिहानैदेखि कोलकातालगायत दक्षिण बंगलका धेरै जिल्लामा बादल लागेको छ, र मेघगर्जनसहित भारी वर्षा भएको छ। अलिपुर मौसम विभागका अनुसार बंगालको खाडीमा बनेको चक्रवात उत्तर र उत्तर–पश्चिमतर्फ सर्दै गएकाले दक्षिण बंगलमा खतरा रहेको छ। अबको २–३ दिनमा यो चक्रवात पश्चिम बंगाल, झारखण्ड, बिहार, उत्तर प्रदेश र मध्य प्रदेशतर्फ सर्ने सम्भावना छ। ५५ देखि ६० किलोमिटर प्रतिघण्टाको गतिमा तीव्र हावा चल्न सक्छ। अलिपुर मौसम विभागका अनुसार बुधबार पुरुलिया, पश्चिम बर्दवान, वीरभूममा भारी वर्षाको चेतावनी जारी गरिएको छ। यसका साथै पश्चिमी पहाडी जिल्लाहरुमा मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम विभागले जनाएको छ। बिहीबार उत्तर र दक्षिण २४ परगना, पुरुलिया, पश्चिम बर्दवान, वीरभूम, नादियामा भारी वर्षाको चेतावनी दिइएको छ। शुक्रबार उत्तर र दक्षिण २४ परगना, पूर्व र पश्चिम मेदिनीपुरमा भारी वर्षा हुनसक्छ। मौसम विभागका अनुसार मंगलबार जलपाईगढी, कोचबिहार, उत्तर दिनाजपुर, दक्षिण दिनाजपुर, मालदा, दार्जीलिङ, अलिपुरद्वार र कालेबुङमा पानी परेको थियो। मंगलबार कोलकाताको अधिकतम तापक्रम ३१ डिग्री सेल्सियस र न्यूनतम तापमान २६ डिग्री सेल्सियस थियो।

About Author

Advertisement