६१० किलो वजन भएका विश्वकै मोटो व्यक्ति यसरी ६४ किलोका भए

00-1-Khalid

संसारकै सबैभन्दा धेरै वजन भएका व्यक्ति मानिने खालिद बिन मोहसेन शारीले आफ्नो परिवर्तनले सबैलाई चकित पारेका छन्। साउदी अरबका पूर्व राजा अब्दुल्लाहको सहयोगमा उनले ५४६ केजी तौल घटाए। २०१३ मा खालिदको वजन ६१० किलो थियो। उनी ३ वर्षभन्दा बढी समयसम्म ओछ्यानमा लडिरहे। आफ्नो दैनिक आवश्यकताका लागि पनि उनले साथीभाई र परिवारबाट सहयोग लिनुपरेको थियो। खालिद साउदी अरेबियाको जाजान शहरका बासिन्दा हुन्। खालिदको अवस्था देखेर तत्कालीन राजा अब्दुल्लाहले उनको ज्यान बचाउन सहयोग गरेका थिए। राजाले खालिदका लागि ३० जना चिकित्सकको टोलीको व्यवस्था गरेका थिए। यो टोलीले उनको उपचार र खानपानको ख्याल गर्यो।

२०१३ मा खालिदको वजन ६१० केजी थियो। २०२३ सम्म उनको वजन घटेर ६४ किलो भएको थियो। पहिले खालिद आफ्नो ओछ्यानबाट उठ्न पनि सक्दैनथे। त्यसैले उनको घर जाजानदेखि राजधानी रियादको किंग फहाद मेडिकल सिटीसम्म उनलाई फोर्क-लिफ्ट क्रेन र विशेष बेडद्वारा लगिएको थियो। जहाँ उनको उपचार योजनामा ​​फिजियोथेरापी सत्रका साथै अनुकूलित आहार र व्यायाम पनि समावेश गरिएको थियो। उनको ग्यास्ट्रिक बाइपास सर्जरी पनि गरिएको थियो। यो परिवर्तनको क्रममा, उनले धेरै पटक छाला हटाउने शल्यक्रिया गर्नुपर्यो, किनभने धेरै तौल घटाएपछि, छाला शरीरको आकारमा आउन सकेन। त्यसैले अतिरिक्त छाला शल्यक्रिया मार्फत हटाइएको थियो। अहिले खालिदलाई स्माइलिङ म्यान भनेर चिनिन्छ। उनलाई यो उपनाम मेडिकल टोलीले दिएको छ।    

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement