कालेबुङ जिल्ला अस्पतालमा आज डायलिसिस युनिटको उद्घाटन

IMG-20240821-WA0216

मिर्गौला रोगीहरूलाई उपचारमा सुविधा हुने

कालेबुङ: कालेबुङ जिल्ला अस्पतालमा आज डायलिसिस युनिटको उद्घाटन गरिएको छ। यो युनिटले मिर्गौला सम्बन्धी समस्याबाट पीडित स्थानीय बासिन्दाहरूलाई ठूलो राहत प्रदान गर्ने अपेक्षा गरिएको छ। जीटीएको स्वास्थ्य तथा परिवार कल्याण विभागका कार्यकारी सभासद अरूण सिंजीको प्रमुख उपस्थितिमा डायलिसिस युनिटको उद्घाटन गरिएको थियो। कार्यक्रममा स्वास्थ्य विभागको सभासद दावा तेञ्जी शेर्पा, कालेबुङ जिल्ला अध्यक्ष विनय घिसिङ, कार्यकारी सभासद सिनोरा नाम्चु, नगर प्रशासक रवि प्रधान, पीआरओ सीएमओएच सुप्रियो मित्र, डेपुटी-२ अकन सिमलान्दी, सुप्रिनटेनडेन्ट सैकत बोस आदिको विशिष्ट अतिथिहरूको रूपमा उपस्थित रहेका थिए।

सभासद अरूण सिंजीले डायलिसिस युनिटको स्थापनाले अब स्थानीय मिर्गौलाका बिरामीहरूलाई उपचारका लागि लामो यात्रा गर्नु नपर्ने बताए। यस युनिटले एकचोटीमा पाँचजना बिरामीलाई सेवा प्रदान गर्न सक्ने र दैनिक रूपमा ३० जना बिरामीलाई सेवा दिन सक्ने क्षमता रहेको छ। स्वास्थ्य विभागको सभासद दावा तेञ्जीले यस आधुनिक युनिटले स्वास्थ्य क्षेत्रमा ठूलो सुधार ल्याउने विश्वास व्यक्त गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement