नेपाललाई हिन्दू राष्ट्र बनाउन अन्तिमसम्म लड्ने कालीदास बाबाको प्रतिज्ञा

IMG-20240821-WA0205

झापा: भारतका प्रसिद्ध धर्मगुरु कालीदास बाबा (स्वामी १००८ कृष्णानन्द जी महाराज)ले पशुपतिमा गएर चन्दन लगाउने नेपालका नेताहरूले संसद्मा गएर धर्मनिरपेक्षताको माग गर्नु अस्वाभाविक भएको बताएका छन्।
पत्रकार सम्मेलन गर्दै उनले नेताहरूले आफूलाई भेट्न पशुपति कोटिहोममा आएर चन्दन लगाएको उल्लेख गरे। उनले चन्दन लगाएर संसद्मा जाने अनि धर्मनिरपेक्षताको माग गर्ने भूल नगर्न अनुरोधसमेत गरे। उनले भने,‘पशुपतिमा धेरै नेता वा सांसदहरू आए। मैले उनिहरूलाई भने यहाँ आएर चन्दन लगाएर संसद्मा गएर धर्मनिरपेक्षताको माग गर्ने भूल नगर्न अनुरोध गरेको छु।’
उनले अहिले नेपालमा विभिन्न अनैतिक काम र भ्रष्टाचार भइरहेको कारण राष्ट्र जर्जरको अवस्थामा रहेको बताए। नेपाललाई हिन्दु राष्ट्र कायम गर्नका लागि अन्तिम साससम्म लड्ने उनको प्रतिबद्धता छ। उनले भने,‘आज राष्ट्रमा विभिन्न अनैतिक, दुराचार, भ्रष्टाचार र अत्तिचार भइरहेको छ। नेपाल राष्ट्र जर्जर भएको अवस्था छ। आज देशका नेताहरू धर्मनिरपेक्षता चाहिन्छ भनेर लागि परिरहेका छन्। मेरो पहिले पनि नेपाल आमा के भन्छिन्, हिन्दु राष्ट्रले भन्छ ‘धर्म निरपेक्षता चाहिँदैन, गाई काट्न पाइँदैन’ भन्ने नारा थियो। त्यो नारा आज पनि मजबुत छ। जबसम्म नेताहरूले हिन्दु राष्ट्र घोषणा फेरि गर्नुहुन्न तबसम्म एक थोपा रगत रहेसम्म कालीबाबा नेपाललाई छाड्ने छैन।’
उनले आफूले हिन्दु गणतन्त्र नचाहेर हिन्दु बौद्धिक सनातन धर्म नै चाहिएको भन्दै यदि त्यो भएन भने शान्तिपूर्ण आन्दोलनमा समेत उत्रिने चेतावनी दिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement