सिलगढी: प्रधाननगर पुलिसले सुनील तामाङलाई चोरीको आरोपमा फेरि पक्राउ गरेको छ। प्रधाननगर पुलिस चौकी अन्तर्गतको गुरुङ बस्ती क्षेत्रको भानुभक्त चोक नजिक रहेको एउटा निजी विद्यालय १५ अगस्तदेखि बन्द थियो। यही मौकाको फाइदा उठाउँदै सुनिल तामाङले चोरी गरेकिओ आरोप छ। हिजो विद्यालय खुलेपछि विद्यालयका अधिकारीलाई चोरी भएको थाहा भयो। १ लाख ८७ हजार रुपियाँ चोरी भएपछि प्रधाननगर पुलिस चौकीमा लिखित उजुरी परेको थियो। उजुरी परेपछि गोप्य स्रोतबाट प्राप्त जानकारीका आधारमा पुलिसले गएराति जंक्शन एसजेडीए मार्केटमा छापा मारेर सुनिल तामाङलाई पक्राउ गर्यो। उनको साथबाट २६ हजार ५ सय रुपियाँ बरामद भएको छ। आरोपीलाई सिलगढी अदालतमा पेश गरिएको छ। बाँकी रकम असुल गर्न पुलिसले प्रयास गरिरहेको पुलिसबाट प्राप्त जानकारी अनुसार आरोपी सुनिल तामाङ सानैदेखि आपराधिक क्रियाकलापमा संलग्न रह्रेको आरोप छ। विभिन्न घटनामा संलग्न रहेको आरोपमा उनलाई प्रधाननगर पुलिस थानाले करिब ७ पटक पक्राउ गरिसकेको छ।