झापामा गाई काटेर गाडेको अबस्थामा भेटियो

IMG-20240821-WA0197

झापा: झापाको हल्दिबारी ३ भुसुडी खोलाको डिलमा गाई काटेर गाडेको अवस्थामा भेटिएको छ।
गाई काटेर केही भाग गाडेको अवस्थामा मृत गाईको अवशेष भेटिएको हो। गाईलाई त्यहीँ काटेकोले दाम्लो र किलोसहित रगत पनि देखिएको छ। गाई काटेर एकातिर हड्डी र अर्कोतिर टाउको र पुच्छर गाडेको भेटिएको हल्दिबारी ३ का वडा सदस्य अजित विष्टले जानकारी दिए। प्रहरीसहितको टोली घटनास्थल पुगेर अनुसन्धान सुरु गरेको जनाइएको छ। घटनास्थलमा गएर हेर्दा केही दिनअघि नै गाईलाई गाडेको हुनाले सडेर गन्हाउने अवस्थामा पुगेको जलथल प्रहरी चौकीका इन्चार्ज असई ओमप्रसाद पौडेलले बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement