सिलगढ़ी। स्पेशल टास्क फोर्स (एसटीएफ) ले ३० लाख रूपियाँको याबा ट्याबलेटको साथ चार जनालाई शनिवार अबेर राति पक्राउ गरेको छ।
एसटीएफ सूत्रहरू अनुसार, चारै आरोपितलाई एनजेपी थाना क्षेत्रबाट पक्राउ गरिएको छ। आरोपितहरूदेखि ३० हजार याबा ट्याबलेट जफत गरिएको छ। यसको बजार मूल्य लगभग ३० लाख रूपियाँ बताइएको छ। आरोपितहरूले केरकारमा याबा ट्याबलेट मणिपुरदेखि ल्याइएको स्वीकार गरेका छन्। एसटीएफले जाँचको निम्ति चारै आरोपितहरूको नामको खुलासा गरेको छैन।