नयाँ दिल्ली: पेरिस प्यारालम्पिक २०२४-को निम्ति भारतीय दलका प्रमुख भारतीय प्यारालम्पिक समिति (पीसीआई)-का उपाध्यक्ष सत्य प्रकाश सांगवानले यसपाली ८-१० वटा स्वर्णसहित कम्तीमा २५-३० वटा पदक जित्ने लक्ष्य रहेको बताए। पेरिस ओलम्पिकपछि २८ अगस्तदेखि पेरिस प्यारालम्पिक खेलहरू शुरु हुनेछ। पीसीआई-ले भारतीय प्यारालम्पिक टीमका प्रमुखको रूपमा सत्य प्रकाशको नियुक्तिको घोषणा गरेको छ। उनीसँग प्यारालम्पिकमा एक दशकभन्दा अधिकको समर्पित सेवा र अनुभव रहेको छ। सत्य प्रकाशले भने, यो मेरो निम्ति ऐतिहासिक दिन हो। मलाई पेरिस प्यारालम्पिकको निम्कि भारतीय दलको शेफ डी मिशन-को रूपमा चयन गरिएको छ। म यस कर्तव्यलाई पूरा जिम्मेवारीको साथ पूरा गर्नेछु। यस कार्यको निम्ति योग्य सम्झिएकोमा म पीसीआई र केन्द्र सरकारप्रति आभारी छु। उल्लेखनीय छ, प्यारालम्पिक खेलहरूमा भारतले गत केही सालमा अभूतपूर्व उन्नति गरेको छ। भारतले २०१६-को रियो प्यारालम्पिकमा ४ वटा पदक जितेको थियो भने २०२० टोक्यो प्यारालम्पिकमा १९ वटा पदक सामेल थियो। सत्य प्रकाशले भने, यसपाली हामीलाई कम्तीमा २५-३० वटा पदकको आशा छ। यसमा ८-१० वटा स्वर्ण पदक रहने आशा गरेका छौं। यो हाम्रो निम्ति गर्वको कुरा हुनेछ। एथलीटहरूले कठोर मेहनत गरेका छन्। उनीहरूलाई चाहिएको हरेक सुविधा प्रदान गरिएको छ। उनीहरूले वैश्विक स्तरमा हाम्रो देशलाई गौरवान्वित गर्ने हामीलाई आशा छ। हामीले आफ्नो एथलीटहरूलाई प्रशिक्षणको निम्ति विदेश पठायौं अनि पूरा देशमा अभ्यास शिविर आयोजन गऱ्यौं। तयारी असल रह्यो।
एथलीटहरूलाई असाधारण उपकरण, सुविधाहरू र तयारी प्रदान गराएकोमा उनले पीसीआई-का मुख्य प्रशिक्षक सत्यनारायणलाई श्रेय दिए। शेफ डी मिशनको रूपमा सत्य प्रकाशले १२ वटा खेमा प्रतिस्पर्धा गर्ने ८४ प्यारा एथलीटहरूका भारतको अहिलेसम्मको सबैभन्दा ठूलो दलको नेतृत्व गर्नेछन्। उनको भूमिका भारतीय टीमलाई वैश्विक मञ्चमा उत्कृष्टता प्राप्त गर्नको निम्ति आवश्यक समर्थन र मार्गदर्शन प्राप्त होस् भन्ने सुनिश्चित गर्नमा महत्त्वपूर्ण हुनेछ। शेफ डी मिशनको स्थिति एउटा बहुआयामी भूमिका हुन्छ, जसको निम्ति नेतृत्व, सल्लाह र रणनीतिक योजनाको आवश्यकता हुन्छ। भारतले २०२० टोक्यो प्यारालम्पिकमा ५ वटा स्वर्णसहित जम्मा १९ वटा पदक जितेको थियो।