पोखरीमा डुबेर बालकको मृत्यु

IMG-20240821-WA0143

सिलगढी: चर्को गर्मीबाट राहत पाउन पोखरीमा नुहाउन गएका केही विद्यार्थीमध्ये एक विद्यालयका विद्यार्थीको डुबेर मृत्यु भएको छ। जानकारी अनुसार बैकुन्थपुरको फराबारी नजिकै रहेको नेपाली बस्ती (नीला पुकुर) मा रहेको पोखरीमा नुहाउन गएका केही बालबालिकाहरु बाहिर निस्किए पनि बालक तुषार बर्मन नामक बाहिर निस्कन सकेनन्। खबर पाएलगत्तै स्थानीय बासिन्दा जम्मा भएर पुलिसलाई खबर गरेका थिए। पुलिसले खोजी शुरु गरेको थियो। पुलिस प्रशासन र सुरक्षाकर्मीको निगरानीमा ६ घण्टापछि बालकको शव अन्ततः फेला परेको हो। तुषार असिघर निवासी थिए। बालकको मृत्युले पुरै क्षेत्र शोकमा डुबेको छ। अबीचोकी पुलिसले यस विषयमा सम्पूर्ण अनुसन्धान गरिरहेको छ।

About Author

Advertisement