जलपाईगढी: १२ जुलाई कमिटीद्वारा आरजी कर अस्पतालमा भएको क्रूर घटनाको विरुद्धमा समितिद्वारा विरोध जुलुस निकालियो। उक्त र्यालीमा ठूलो संख्यामा सर्वसाधारणको सहभागिता रहेको थियो र यस क्रुर घटनाका दोषीलाई कडा भन्दा कडा कारबाही गर्न माग गरिएको थियो। र्यालीमा ‘वी वान्ट जस्टिस’ भन्ने नारा लगाइएको थियो। आरजी कर अस्पतालमा महिला डाक्टरको दुष्कर्मपछि हत्या भएको घटनालाई लिएर देशभर विरोध प्रदर्शन भइरहेको छ। मंगलबार सर्वोच्च अदालतमा प्रधानन्यायाधीश चन्द्रचुडको इजलासले सुनुवाइ गरेको हो। उनले चिकित्सकको सुरक्षामा चिन्ता व्यक्त गरे। कोलकातामा एक महिला प्रशिक्षार्थी डाक्टरको दुष्कर्म र हत्यापछि आरजी कर अस्पतालमा धेरै अनियमितता बाहिर आएको छ। पीडितका बाबुपछि अब अस्पतालका जुनियर रेसिडेन्टले पनि पूर्व प्राचार्य सन्दीप घोष र कलेज प्रशासनमाथि दबावको आवाज उठाउन थालेका छन्। योसँगै यस प्रकरणको अनुसन्धान सीबीआईलाई सुम्पिएको छ।