भारत सरकारद्वारा यथाशीघ्र न्यायको प्रतीक्षामा छौं:गोरामुमो

IMG-20240821-WA0133

दार्जिलिङ: दार्जिलिङको रिम्बिक लोधोमा समष्टिका गोरामुमो युवाहरुद्वारा कालो झण्डा लगाउने अभियानलाई जारी राख्दै समष्टिका विभिन्न क्षेत्रहरु लोवर रेलिङ, रेलिङ बजार, लोवर लामा गाउँ, झेपी, गुर्दुम अनि सुम्बुक बजारसम्म कालो झण्डा लगाएका छन्। गोर्खाहरुले आफ्नो धर्म निभाइसकेका छन्। अब हामी भारत सरकारद्वारा न्यायको प्रतीक्षामा छौं भनी दिपक छेत्रीले पत्रकारहरुलाई सम्बोधन गर्ने क्रममा भने, आफ्नो पार्टी र हरियो झण्डालाई केही समयको निम्ति पर सारेर जाति र माटोको अनि भावी पिँढीको भविष्य सुरक्षित गर्नको निम्ति वर्तमान भारत सरकारले हामीलाई न्याइ दिन ढिलाई गरेकोले प्रतिवाद स्वरूप कालो झण्डा लगाएर भारत सरकारलाई सन्देश दिन पार्टी अध्यक्ष मन घिसिङले चलाएको अभियानलाई समष्टिका युवाहरुले आत्मसात गरेर अघि बढ्ने निर्णय गर्दै हामीले कालो झण्डा लगाएका हौं। हामी स्वाभिमानी वीर गोर्खाले जातिको सुरक्षा र आफ्नो किपटको जगेरा गर्नको निम्ति पटक पटक आन्दोलन गरेर धेरै शहीद भएर पनि भारत सरकारबाट कुनै न्याय पाएनौं। हाम्रो भूभागलाई भारतमा गाँभेर हामीलाई संवैधानिक हक र अधिकार देऊ भन्दा हामीलाई घरि घरि विदेशी र विछिन्नतावादीको लाञ्छाना लगाइन्छ। अब उसो अन्याय र अत्याचारको विरोधमा पहाड़भरि कालो झण्डा लगाएर प्रतिवाद स्वरूप गोर्खाको एकताको परिचय दिनुपर्छ।’
दिपक छेत्रीले सबैलाई कालो झण्डा लगाईदिने अपिल गर्दै भने, ‘सम्पूर्ण गोर्खा सन्तान पहाडमा नङ मासु झैं मिलेर बस्ने अन्य समुदायहरु पहाड़लासी दाजु-भाई दिदी -बहिनीहरू साथै सम्पूर्ण राजनैतिक पार्टी सामजिक संघ, संस्थाहरू साथै कलाकार, संगीतकार,पत्रकार, लेखक, कवि, साहित्यकार, भूतपूर्व सैनिक संगठन, चालक संगठनहरू, कर्मचारी संगठन शिक्षक-शिक्षिकावर्ग, अधिवक्ताहरू अनि अरू जति पनि सामाजिक संगठन पनि एक हुनुपर्छ। सबै – सबैलाई यो जातीय उन्मुक्ति र आफ्नो किपटको रक्षा हेतु एकजुट भएर एक स्वाभिमानी गोर्खाको परिचय दिऊ भनि हार्दिक अनुरोध गर्दछौं।’

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement