खरसाङ: आज खरसाङ गोर्खा पार्वत्य खेलकूद संघको धन्यवाद सभा संघको सभापति मोहन योञ्जनको अध्यक्षतामा सम्पन्न भएको छ। उक्त सभामा गत ७६औं स्वतन्त्रता दिवसको अवसरमा फुटबल टुर्नामेन्ट र म्याराथन दौड़ सफलतापूर्वक सम्पन्न भएकोमा खरसाङ पार्वत्य खेलकूद संघको सचिव निर्मल गुरुङले सबै संघ संस्थाहरू र व्यक्ति विशेष सबैप्रति आभार प्रकट गरेका छन्। उनले स्वतन्त्रता दिवस फुटबल टुर्नामेन्ट र म्याराथन दौड़मा विभिन्न तरिकाले सहयोग गरेको कारणले नै सबै यत्रो ठूलो कार्य सफलतापूर्वक सम्पन्न भएको भन्दै विभिन्न तरिकाले सहयोग गर्नेहरू सबैप्रति आभार प्रकट गरेका छन्। यही सभामा खरसाङ गोर्खा पार्वत्य खेलकूद संघको आयोजनामा आगामी २३ सेप्टेम्बरदेखि हुने अण्डर १४ बोइस फुटबल टुर्नामेन्ट र एथलेटिक मिट विषयमा चर्चा परिचर्चा गरिएको जानकारी संघको सचिव निर्मल गुरुङले दिएका छन्। सभामा खरसाङ गोर्खा पार्वत्य खेलकूद संघको पदाधिकारीहरू उपस्थित भएर संघको क्यालेण्डर अनुसार आयोजना गरिने विभिन्न खेलकूदहरू विषयमा चर्चा परिचर्चा गरिएको छ। यसै क्यालेण्डर अनुसार संघको आयोजनामा सम्पन्न हुने अण्डर १४ बोइस नक आउट फुटबल टुर्नामेन्ट र एथलेटिक मिटको लागि प्रस्ताव पारित गरी समय निर्धारण गरिएको छ। सभामा चर्चा परिचर्चा गरिएको विभिन्न विषयहरूमा खरसाङ गोर्खा पार्वत्य खेलकूद संघको सचिव निर्मल गुरुङले विस्तृत रुपमा जानकारी गराएका छन्।