झापा: ईलामको माई नगरपालिका–१ की सोनु श्रेष्ठको कोरियामा निधन भएको छ । २० वर्षीया उनी गत फेब्रुअरीमा कोरिया पुगेकी उनी उल्सान विश्वविद्यालयमा अध्ययनरत थिइन।
सोनुका बुवा लिलाकुमारको पनि ३ महिनाअघि मलेसियामा निधन भएको थियो। वैदेशिक रोजगारीको सिलसिलामा केही वर्षदेखि मलेसियामै रहेका उनको उतै हुँदा मईमा निधन भएको हो। तिन महिनाको अबधिमा बाबुछोरी नै बिदेशमा बितेपछि परिवार मात्र नभएर सिंगो गााउ नै अहिले शोकमा डुबेको छ।