झापा: मोरंगको कटहरी गाउँपालिका–१ जमटोका १६ वर्षीय नितेश सिंहको सिंघीया खोलामा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको छ। पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएको खबर प्राप्त भएपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलिले खोज तलास गरेर शव बरामद गरेको थियो।
खोलामा बेपत्ता सिंहको खोजतलासका लागि सिटी बैंक सिआरभी प्रहरी सब इन्स्पेक्टर, जिल्ला प्रहरी कार्यालय मोरङबाट प्रहरी इन्स्पेक्टर बिक्रम बहादुर भट्टराई, प्रहरी चौकी कटहरीबाट प्रहरी सब इन्स्पेक्टर, वडा प्रहरी कार्यालय हाटखोलाबाट प्रहरी सब इन्स्पेक्टर, सशस्त्र प्रहरी बल जहदाबुट्टाबाट शसस्त्र प्रहरी इन्स्पेक्टर दिपक दाहाल, नेपाली सेना भैरव गण थलाहाबाट जमदार राज कुमार राना ।।प्र। बल नेपाल नं. ३ गण हेक्वा कंकालिनी मोरङबाट सप्रउ बिश्वबन्धु खड्काको कमाण्डमा नम्बर १ बराहा बाहिनी मुख्यालय पकली सुनसरीबाट टोलि खटिएको थियो। यी सबै उद्धार टोलि समेतले खोजतलास गर्दा सिंह पानीका डुबेर मृत फेला परेका थिए।
शव बरामद गरेपछि कानुनी प्रकृया पुरागरी पोष्टमार्टमको लागि कोशी अस्पताल विराटनगरमा पठाएको थियो। त्यसपछि परिवारले लाश बुझेर अन्तिम संस्कारका लागि लगेको मोरङ प्रहरीले जानकारी दिइएको छ।