कोशी प्रदेश सदस्यसहित ६७ जना नेताहरु एमाले फर्किए

IMG-20240821-WA0006

झापा: नेपल कम्युनिष्ट पार्टी एकीकृत माले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्ला झापाको निर्वाचन क्षेत्र नम्बर ५ बाट एकीकृत माले पार्टी छोडेर एकीकृत (समाजवादी)मा गएका नेता कार्यकर्ता मंगलबारबाट एमालेमा प्रवेश गरेका छन्।
दमकमा पत्रकार सम्मेलन गरी नेकपा एकीकृत समाजवादीका कोशी प्रदेश कमिटी सदस्यहरु राजेन्द्र दाहाल, मणी भण्डारीसहितका जिल्ला, पालिका र जनसंगठनका ६७ जना नेता कार्यकर्ता एकीकृत मालेमा समाहित भएका हुन्। एकीकृत समाजवादी पार्टी छोडेर घर फर्किएकाहरुलाई एकीकृत माले केन्द्रीय सदस्य तथा झापा इन्चार्ज रोमनाथ ओली र केन्द्रीय सदस्य दिपक कार्की लगायतले खदा लगाएर स्वागत गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement