कर्तब्य ज्यान तथा डाँका र बलात्कारका आरोपी दुई बालक विराटनगरको बालसुधार गृहबाट फरार

IMG-20240821-WA0074

झापा: कर्तब्य ज्यान तथा डाँका मुद्दामा सजाय तोकिएका र जवर्जस्ती करिणी मुद्दामा पुर्पक्षका लागि मोरङको विराटनगर स्थित बाल सुधारगृहबाट राखिएका दुई बालक मंगलबार फरार भएका छन्।
प्रहरीका अनुसार कर्तव्य ज्यान तथा डाँका मुद्दामा सजाय तोकिएका र जबरजस्ती करणी मुद्दामा पुर्पक्षका लागि सुधारगृहमा रहेका दुवै १६ वर्षीय बालक फरार भएका हुन्। उनीहरु एकजना कोशी गाउँपालिका र एक जना वराहक्षेत्र नगरपालिकाका हुन्।
कोशी गाउँपालिकाका बालकलाई अदालतले १२ वर्ष ६ महिना कैद सजाय सुनाएको थियो भने बराहक्षेत्र नगरपालिका–११ घर भएका बालकलाई जबर्जस्ती करणी मुद्दामा अदालतले गत १२ जुलाईमा पुर्पक्षका लागि सुधारगृह पठाएको थियो।
सुधारगृहभित्र रहेको विद्यालयमा अतिरिक्त क्रियाकलाप चलिरहेका समय दुवै जना दिउँसो ३ बजेतिर भागेको सुधारगृहका प्रमुख मिलन चौहानले वताए। मोरङ प्रहरीका डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले फरार भएका बालकहरुको खोजी भइरहेको बताए। ५० जनाको क्षमता रहेको सुधारगृहमा हाल २ सय ३८ जना बालक छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement