डाक्टर या इञ्जीनियर मात्र नभएर खेलमा पनि असल करियर बनाउन सकिने मन्त्र दिइन् मनु भाकरले

IMG-20240821-WA0116

चेन्नई: पेरिस ओलम्पिकमा ऐतिहासिक प्रदर्शनको साथ स्वदेश फर्किने भारतीय शूटर मनु भाकरले यहाँ एउटा स्कूलमा सम्मानित भएपछि छात्रहरूलाई खेलकुदमा करियर बनाउनको निम्ति प्रोत्साहित गर्दै यसले पनि असल जीवन बनाउन सकिने बताइन्। हरियाणाकी यस २२ वर्षीय शूटरले पेरिस ओलम्पिकमा दुईवटा काँस्य पदक जितिन्। उनी कुनै एउटा ओलम्पिकमा दुईवटा पदक जित्ने पहिलो भारतीय हुन्। मनुले भनिन्, टोक्यो ओलम्पिकमा निराशाजनक प्रदर्शनपछि मेरो निम्ति फेरि आत्मविश्वास हासिल गर्नु मुश्किल थियो। म त्यस समय वर्ल्ड ऱ्याङकिंगमा दोस्रो स्थानमा थिए तर असल प्रदर्शन गर्न सकिन। विफलतापछि सफलताको स्वाद मलाई थाहा छ। खेलहरूको यही नै खुबी हो। एउटा प्रतियोगिताहरूमा पराजित भए अर्को प्रतियोगितामा जीत हासिल गर्न सकिन्छ। यस्तो गर्न तपाईंले निरन्तर कठोर मेहनत गर्नु पनि जरूरी हुन्छ। मनुले छात्रहरूलाई खेलकुदलाई करियर विकल्पको रूपमा अप्नाउने सल्लाह दिँदै ठूलो सपना देख्ने अनि त्यसलाई हासिल गर्न कठोर मेहनत गर्नुमा जोर दिए। उनले भनिन्, लक्ष्य प्राप्तिको निम्ति हामीले कठोर मेहनत र निरन्तर प्रयास गर्नु पर्छ। यो सदा कुनै ठूलो लक्ष्यको साथ शुरु हुँदैन। यसलाई हासिल गर्न तपाईंले लगातार काम गर्नु पर्छ। ठूलो सपना देखेर नै ठूलो केही हासिल गर्न सकिन्छ। यसैकारण ठूलो सपना देख्ने शुरुवात गर्नु पर्छ। कुनै प्रतियोगितामा जिते पनि हारे पनि म आफ्नो मनोबललाई कायम राख्ने प्रयास गर्छु। एउटा सफलताको अर्थ यात्राको अन्त होइन।
मनुले भनिन्, हामीसँग अहिले करियरको धेरै विकल्प छ। डाक्टर या इञ्जीनियर नै बन्नु पर्छ भन्ने जरूरी छैन। खेलाड़ीहरूका जीवन पनि सुन्दर हुन्छ। वित्तीय सहायतादेखि लिएर अन्य कुनै प्रकारको सहायतासम्म, तपाईंलाई खेलमा सबैथोक प्राप्त हुन्छ। उल्लेखनीय छ, पेरिस ओलम्पिकमा मनुले महिलाहरूकी १० मीटर एयर पिस्टल स्पर्धा बाहेक १० मीटर एयर पिस्टल मिश्रित टीम स्पर्धामा सरबजोत सिंहसँग मिलेर काँस्य पदक जितेकी थिइन्। मनुले आफूलाई प्रेरित गर्नमा माता-पिताको भूमिकालाई महत्त्वपूर्ण बताइन्। उनले भनिन्, मलाई आफ्नी आमाबाट प्रेरणा प्राप्त भयो। उनले मलाई आज यहाँसम्म पुग्नमा सहायता गरिन्। माता-पिताको समर्थन बिना एकजना नानीले अधिक केही गर्न सक्दैनन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement