दुबई: भारतीय उपकप्तान स्मृति मन्धना मंगलवार जारी महिलाहरूकी नवीनतम आईसीसी (इण्टरनेशनल क्रिकेट काउन्सिल) वनडे ब्याटरहरूकी ऱ्याङकिंगमा एक स्थानको सुधार गरी तेस्रो स्थानमा पुगेकी छन्। मन्धनासँग ७३८ रेटिंग पोइण्ट्स रहेको छ अनि वनडे प्रारूपमा उनी भारतकी शीर्ष ब्याटर हुन्। यसरी कप्तान हमनप्रीत कौरले यस सूचीमा आफ्नो नवौं स्थान कायम राखेकी छन्। श्रीलंकाकी स्टार ब्याटर चमारी अट्टापट्टू तेस्रो स्थानबाट झरेर चौथो स्थानमा पुगेकी छन्। यसरी श्रीलंकाई टीमकी ब्याटर नीलाक्षिका डी सिल्वा (३ स्थान अघि बढ़ेर ३२औं), हर्षिता समरविक्रमा (८ स्थान अघि बढ़ेर ४४औं) र कविशा दिलहारी (४ स्थान अघि बढ़ेर ५०औं स्थान)-ले पनि आफ्नो ऱ्याङकिंगमा सुधार गरेकी छन्। मन्धना टी२० इण्टरनेशनल ऱ्याङकिंगमा पनि आफ्नो चौथो स्थान बचाउन सफल रहेकी छन्। समरविक्रमा र आयरल्याण्डकी ओपनिंग ब्याटर गेबी लुईस करियरको सर्वश्रेष्ठ ऱ्याङकिंग हासिल गर्न सफल रहेकी छन्। श्रीलंका र आयरल्याण्डबीच खेलिएको दोस्रो टी२० इण्टरनेशनलमा ४४ बलमा ६४ रन बनाउने समरविक्रमा ३ स्थानको सुधार गरी १३औं अनि ७५ बलमा ११९ रनको म्याच जिताउने ईनिंग्स खेल्ने लुईस ४ स्थानको सुधार गरी २१औं स्थानमा पुगेकी छन्। लुईस यसअघि जुलाई २०२२-मा यस ऱ्याङकिंगमा पुगेकी थिइन्।