महिला टी२० वर्ल्ड कप अब यूएई-मा

IMG-20240821-WA0106

दुबई: इण्टरनेशनल क्रिकेट काउन्सिल (आईसीसी)-ले महिला टी२० वर्ल्ड कपको आयोजन अधिकार बंग्लादेशबाट खोस्यो। तीनदेखि २० अक्टोबरसम्म हुने यो वैश्विक टुर्नामेण्टको आयोजन अब संयुक्त अरब अमीरात (यूएई)-मा हुनेछ। क्रिकेटको वैश्विक संस्थाले बंग्लादेशमा जारी राजनैतिक अस्थिरता र हिंसालाई ध्यानमा राखेर यस्तो फसेला लिएको छ। गत केही महिनादेखि बंग्लादेशमा अराजकताको स्थिति बनिएको छ अनि पूर्व प्रधामन्त्री शेख हसीनाले आफ्नो पद र देश दुवै छोड़ेकी छन्। बंग्लादेशको राजनैतिक अस्थिरतालाई देखेर अष्ट्रेलिया, भारत, न्यूजील्याण्ड र ईंग्ल्याण्डले आफ्नो नागरिकहरूलाई बंग्लादेश यात्रा नगर्ने परामर्श जारी गरेको छ। महिला टी२० वर्ल्ड कपका म्याचहरू अब दुबई र शारजाहमा खेलिनेछ। आईसीसी-का मुख्य कार्यकारी जियोफ एलार्डिसले भने, बंग्लादेशमा महिला टी२० वर्ल्ड कपको आयोजन नहुनु दुःखद कुरा हो कारण बंग्लादेश क्रिकेट बोर्ड (बीसीबी)-ले यादगार आयोजन गर्दै आएको छ। म बीसीबी-को टीमलाई बंग्लादेशमा यस आयोजनलाई सक्षम बनाउन गरेको सबै प्रयासको निम्ति धन्यवाद दिन चाहन्छु तर यस टुर्नामेण्टमा हिस्सा लिने अधिकांश टीमको सरकारद्वारा यात्रा परामर्श जारी गर्नुको अर्थ नै यस टुर्नामेण्टको आयोजन सम्भव नहुनु थियो। जे भए पनि बीसीबी-सँग आयोजन अधिकार कायम रहनेछ अनि हामी निकट भविष्यमा बंग्लादेशमा एउटा वैश्विक टुर्नामेण्ट आयोजन गर्न उत्सुक छौं। म अमीरात क्रिकेट बोर्ड, श्रीलंका र जिम्बाब्वेलाई उनीहरूका उदार प्रस्तावहरूका निम्ति धन्यवाद दिन चाहन्छु।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement