हिमालयन फरेस्ट भिलेजर्स अर्गनाइजेसन नेउरा रेन्ज कमिटी गठन

IMG-20240821-WA0036

गोरुबथान: २० अगस्त २०२४ को दिन हिमालयन फरेस्ट भिलेजर्स अर्गनाइजेसनको केन्द्रिय समिति महासचिव लीला कुमार गुरुङको उपस्थितिमा भुट्टाबारी समाज घरमा एक सभा बसेको थियो।यस सभामा हिमालयन फरेस्ट भिलेजर्स अर्गनाइजेसनको नेउरा रेन्जको प्रतिनिधिहरू उपस्थित थिए। आजको सभाको सभापतिको आसनमा छिरिङ राई थिए भने यस सभाको मूल विषयमा हिमालयन फरेस्ट भिलेजर्स अर्गनाइजेसन‌अस्थायी कमिटीलाई आजको सभामा उपस्थित सदस्यगणको सर्वसम्मतिले स्थायी समिति बनाइयो। उपस्थित सम्पूर्ण सदस्यहरूको सहमतिमा हिमालयन फरेस्ट भिलेजर्स अर्गनाइजेसन नेउरा रेन्जको रेन्ज कमिटी यस प्रकार गठन गरेको छ। नेउरा रेन्ज कमिटिका सभापतिको रुपमा मनकुमार सुब्बालाई चयन गरियो यसैगरी उपसभापति एन बी क्षेत्री, कृष्ण राई रहेका छन्। यसैगरी मूल सचिवको रुपमा सुधिर तामाङ तथा सहसचिवको रुपमा पूरण राई, महेश्वर प्रधान, अडि राई लाई चयन गरिएको छ। कोषाध्यक्षको रुपमा सुवास तामाङलाई चयन गरियो भने सह कोषाध्यक्षको रूपमा अशोक राईलाई चयन गरिएको छ। हिमालयन फरेस्ट भिलेजर्स अर्गनाइजेसन नेउरा रेन्ज कमिटीका प्रवक्ताको रूपमा आशकुमार तामाङलाई चयन गरिएको छ। यस कमिटीको सल्लाहकारहरूमा सानु तामाङ, अजय खवास, छिरिङ राई, दिलकुमार राई, रोशन तामाङ लाई सर्वसम्मतिले चयन गरेको छ। अन्य पन्ध्र जनालाई कार्यकारिणी सदस्यको रुपमा सर्वसम्मतिले चयन गरिएको छ।
हिमालयन फरेस्ट भिलेजर्स अर्गनाइजेसन पुर्णरुपमा एक अराजनैतिक संगठन हो।यसले पुर्ण रुपले बनबासीहरुको समस्या समाधान गर्ने काम गर्दछ।अबोप्रान्त नेउरा रेञ्जमा १२ वटा बन बस्तीमा कुनै समस्याहरु, चाहे त्यो ब्यक्तिगत होस् वा सामूहिक एक जुट भएर लड्ने पनि सर्वसम्मतिले निर्णय लिइएको जानकारी प्रवक्ता आशा कुमार तामाङले दिएका छन्।
यस समितिको नामावलीको उचित जानकारीको निम्ति केन्द्रिय समिति, हिमालयन फरेष्ट भिलेजर्स अर्गनाइजेशन, संयोजक, हिमालयन फरेष्ट भिलेजर्स अर्गनाईजेशन कालेबुङ जिल्ला समिति,क्षेत्रीय सभासद र रेञ्ज म्यानेजर, नेउरा रेञ्जलाई पनि दिन सर्वसम्मतिले निर्णय लिइएको जानकारी छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement