झापा: पाँचथरमा १५ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना शिक्षक पक्राउ परेका छन्।
फिदिम नगरपालिका–१२ को सिद्वदेवी माध्यमिक विद्यालयका शिक्षक राजकुमार नेम्वाङलाई प्रहरीले पक्राउ गरेको हो। पीडित बालिका स्वयमले नेम्वाङ विरुद्ध बलात्कारको उजुरी दिएपछि पक्राउ गरिएको पाँचथर प्रहरीले जनाएको छ।
नेम्वाङले फिदिम–१, सुन्तली चोकमा अभिभावकसहित बस्दै आएकी १५ वर्षीया बालिकालाई रविबार राति बलात्कार गरेको उजुरीमा उल्लेख छ।
प्रहरीले बालिकाको जाहेरी दर्ता गरी अनुशन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका इन्स्पेक्टर रुपेश तामाङले बताए।