पुरुष एकलमा सिनर र महिला एकलमा सबालेंका च्याम्पियन

IMG-20240820-WA0322

न्यूयोर्क: शीर्ष वरीयता प्राप्त यानिक सिनर र नम्बर दुई खेलाड़ी आर्यना सबालेंका यूएस ओपनको तयारीको निम्ति महत्त्वपूर्ण मानिने सिनसिनाटी ओपन टेनिस टुर्नामेण्टमा क्रमशः पुरुष र महिला एकलको च्याम्पियन बने। यी दुवै टुर्नामेण्टमा पहिलोपल्ट च्याम्पियन बने। महिला एकलको फाइनलमा बेलारुसकी सबालेंकाले अमेरिकाकी जेसिका पेगुलालाई ६-३, ७-५-ले पराजित गरी ट्रफी जितिन्। यो जनवरीमा अष्ट्रेलियन ओपनपछि उनको पहिलो खिताब हो। यसरी शुक्रवार आफ्नो २३औं जन्मदिन मनाउने इटलीका सिनरले अमेरिकाका फ्रान्सिस टियाफोलाई ७-६ (४), ६-२-ले पराजित गरे। यसरी उनी २००८-मा एण्डी मर्रेपछि सबैभन्दा कम्ती उमेरमा सिनसिनाटी ओपनको खिताब जित्ने खेलाड़ी बने। ब्रिटेनका खेलाड़ी मरेले २१ सालको उमेरमा यहाँ खिताब जितेका थिए। यहाँ सिनर र टियाफो दुवै पहिलोपल्ट फाइनलमा पुगेका थिए।

About Author

Advertisement