डेरियस विसरद्वारा १ ओभरमा सर्वाधिक रनको रेकर्ड

IMG-20240820-WA0313

नयाँ दिल्ली: क्रिकेट खेलमा रेकर्ड बनिन्छ नै तोड़िनको निम्ति अनि आज यस्तै एउटा चाखलाग्दो रेकर्ड तोड़ियो। सामोआका क्रिकेटर डेरियस विसरले मंगलवार टी२० वर्ल्ड कपको क्वालीफायरमा खेल्दै १ ओभरमा ३९ रन बटुलेर टी२० इण्टरनेशनल प्रारूपमा एक ओभरमा सर्वाधिक रन बटुल्ने रेकर्ड बनाए। विसरले आज भारतका युवराज (२००७), वेष्ट इण्डिजका कायरन पोलार्ड (२०२१), नेपालका दिपेन्द्र सिंह ऐरी (२०२४) र वेष्ट इण्डिजकै निकोलस पूरन (२०२४)-को रेकर्ड तोड़े, जसले एक ओभरमा ३६ रन बनाएका थिए। विसर टी२०आई प्रारूपमा शतक बनाउने सामोआका पहिलो क्रिकेटर पनि बने। मंगलवार २०२६ टी२० वर्ल्ड कप क्षेत्रीय क्वालीफायरमा विसरले ६२ बलमा १३२ रन बनाए, जसमा १४ वटा छक्का र ५ वटा चौका सामेल छ। म्याचमा सामोआले वानुअतुलाई १० रनले पराजित गऱ्यो। पहिला ब्याटिंग गर्ने सामोआको ईनिंग्सको १५औं ओभरमा विसरले रेकर्ड बनाए। उनले विपक्षी बलर नलिन निपिकोको त्यस ओभरमा ६ वटा छक्का लगाए जबकि रहल ३ रन नो बलबाट आयो। उल्लेखनीय छ, टी२० इण्टरनेशनल प्रारूपमा सबैभन्दा पहिला एक ओभरमा लगातार ६ वटा छक्काको साथ युवराज सिंहले ३६ रन बनाएका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement