गान्तोक: एउटा राष्ट्रीय हिन्दी दैनिक समाचारपत्रद्वारा गान्तोकमा आयोजना हुनगइरहेको अखिल भारतीय कवि सम्मेलनको पोस्ट मुख्यमन्त्री प्रमेसिंह तामाङको बाहुलीबाट अनावरण गरियो। आज राजधानीको मनन केन्द्रमा सम्पन्न नेपाली भाषा मान्यता दिवस समारोहको अवसरमा उक्त पोस्टरको विधिवत लोकार्पण गरिएको हो। उल्लेखनीय छ, सिक्किम राज्य भारतमा विलय भएको ५० वर्ष पूरा भएको अवसरमा सुनौलो सिक्किम, समृद्ध सिक्किमको थीममा उक्त कवि सम्मेलन आयोजना गरिएको हो।
यस कवि सम्मेलनमा पहिलोपल्ट राष्ट्रियस्तरमा हिन्दी र नेपाली भाषाका कविहरूले मञ्च साझा गर्ने आयोजक पक्षको भनाइ रहेको छ।










