१४,२५० फिटको उचाइमा सेवारत सेनासित रक्षाबन्धन पर्व पालन

IMG-20240820-WA0300

गान्तोक: हेमन्त यादव फाउन्डेसनले नथुलाको १४,२५० र लुङ्थुङको १२,५०० फिटमा सेवारत भारतीय सेनाका जवानहरुसंग रक्षाबन्धन पर्व उत्साहपूर्वक पालन गऱ्यो। फाउन्डेसनले रक्षाबन्धन पर्वको महत्वलाई प्रमुखता दिँदै उच्च उचाइमा रहेका अन्तर्राष्ट्रिय मीमावर्ती स्थानहरु कार्यरत भारतीय सेना र सीमा सुरक्षा बलका जवानहरूको सम्मानमा उक्त कार्यक्रम आयोजना गरेको थियो। रक्षाबन्धन, भारतीय संस्कृतिमा एक महत्वपूर्ण पर्वको रुपमा मानिन्छ। रक्षाबन्धन पर्वले देशमा विभिन्न धर्म, जात र जातिहरूबीच एकतालाई बढावा दिँदै आएको छ। राष्ट्रियएकताको भावनालाई केन्द्र गरेर फाउन्डेसनले भारत–चीन सीमामा रक्षाबन्धन पर्वको आयोजना गरेको हो। गान्तोकस्थित विभिन्न विश्वविद्यालयमा अध्ययनरत सिक्किम, उत्तर प्रदेश, बिहार, ओडिसा, पश्चिम बंगाल, अरुणाचल प्रदेश र मेघालयका युवाहरूले आफ्नो परम्परागत भेषभूषा लगाएर कार्यक्रममा भाग लिएका थिए। आफ्नो घर र परिवारबाट टाढा सीमामा तैनाथ भारतीय सेनाको मनोबल बढाउन यस प्रकारको अभियान सञ्चालन गरेको जानकारी एक प्रेस बयानमा दिएको छ। फाउण्डेसनका अध्यक्ष तथा उत्सवका आयोजक सचिव डा हेमन्त यादवले विविधतामा एकताको भूमिका रूपमा भारतको अद्वितीय पहिचानबारे बताए। उनले भारतको विशाल जनसंख्या विभिन्न भाषा, संस्कृति र धर्मले विभाजित भए तापनि रक्षाबन्धन पर्वले ती भिन्नताहरूलाई एकरुपता दिएको बताए। उनले सिमानाको रक्षा गर्ने सेनाको नि:स्वार्थ समर्पणका कारण देशबासी शान्तिपूर्वक रहेको र उनीहरूलाई राखी बाँधेर कृतज्ञता व्यक्त गरेको विचार व्यक्त गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement