फाँसीदेवा: आरजी करको विषयलाई लिएर फाँसीदेवा ग्रामीण अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मी सडकमा उत्रिएका छन्। अस्पतालका जीएनएम, एएनएम, आशाकर्मी र डी समूहका कार्यकर्ताले फाँसिदेवा अस्पतालबाट र्याली निकालेर बीडीओ कार्यालय हुँदै बजार परिक्रमा गरी अस्पताल पुगेर समापन गरेका थिए। उनीहरुले डाक्टर हत्याका दोषीलाई फाँसी दिनुपर्ने र घटनामा संलग्न अन्यलाई तत्काल पक्राउ गर्न माग गर्दै नाराबाजी गरेका थिए।









