अलीपुरद्वार: कुमारग्राम ब्लकको तेली पाडा क्षेत्र मंगलबार दिउँसो मोटरसाइकल र टोटो ठोक्किँदा दुईजना घाइते भएका छन्। मोटरसाइकललाई टोटोले ठक्कर दिएको पाइएको छ। घटनास्थलमा कामाख्यागुडी फारी पुलिस पुगेको थियो। घटनास्थलबाट घाइतेलाई कामाख्यागुरी ग्रामीण अस्पतालमा लगेपछि डाक्टरले मोटरसाइकल सवारलाई अलिपुरद्वार जिल्ला अस्पतालमा रेफर गरे। पुलिसले टोटो र मोटरसाइकल बरामद गरेको छ। पुलिसले घटनाको अनुसन्धान गरिरहेको छ।









