मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमले राष्ट्रपति मुर्मुसँग राष्ट्रपति भवनमा भेटवार्ता गरे

00-1-Delhi

नयाँ दिल्ली: मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमले मंगलबार राष्ट्रपति भवनमा राष्ट्रपति द्रौपदी मुर्मुसँग भेट गरे। मलेसियाको प्रधानमन्त्रीका रूपमा पहिलो पटक भारत भ्रमणमा आउनुभएका प्रधानमन्त्री इब्राहिमलाई स्वागत गर्दै राष्ट्रपति मुर्मुले लोकतन्त्र, बहुसांस्कृतिकता, बहुलवाद र पारस्परिक सम्मानका साझा मूल्यहरू भारत-मलेसिया सम्बन्धका लागि मार्गदर्शक शक्ति भएको बताइन्। दुवै पक्षले आफ्नो साझेदारीलाई बृहत् रणनीतिक साझेदारीमा स्तरोन्नति गरेर भारत-मलेसिया सम्बन्धलाई अझ गहिरो बनाउने निर्णय गरेको कुरामा राष्ट्रपतिले खुसही व्यक्त गरेl उनले भारतले ‘ग्लोबल साउथ’ मा मलेसियालाई बलियो साझेदारको रुपमा हेरेको बताए। ‘मलेशिया आसियानमा भारतको प्रमुख साझेदार र हाम्रो एक्ट ईस्ट नीति र इन्डो-प्यासिफिक भिजनमा एक प्रमुख देश पनि हो’, उनले भनिन्। राष्ट्रपति मुर्मुले २०२५ मा आसियानको अध्यक्षता ग्रहण गरेकोमा मलेशियालाई बधाई दिइन्, र भारतले मलेसियासँग काम गर्न जारी राख्नेछ र शान्तिपूर्ण र समृद्ध इन्डो-प्यासिफिक क्षेत्रका साझा उद्देश्यहरू पछ्याउन सबै सहयोग उपलब्ध गराउने कुरा दोहोर्‍याए। प्रधानमन्त्री इब्राहिम मार्फत राष्ट्रपति मुर्मुले मलेसियाका राजा सुल्तान इब्राहिमलाई हालैको राज्याभिषेकको शुभकामना पनि दिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement