गोर्खा भूतपूर्व सैनिक वेलफेयर एसोसिएशन खरसाङको भीएसटी आउट रिच कार्यक्रम

IMG-20240820-WA0245

खारसाङ

गोर्खा भूतपूर्व सैनिक वेलफेयर एसोसिएशन खरसाङको तत्वावधानमा खरसाङमा भीएसटी आउट रिच कार्यक्रम सम्पन्न भएको छ। यस अवसरमा स्टेशन हेड क्वाटरबाट कर्नल अमीत अश्री, एएएसओ लगायत टोली उपस्थित रहेका थिए। त्यसरी नै स्पर्श सेल जल पहाडको प्रतिनिधि, लेबोङबाट एकजना साधारण रोग विशेषज्ञ अनि एकजना डेन्टिस उपस्थित थिए। त्यसरी नै खरसाङबाट ब्राञ्च म्यानेजर अनि उनको टोली पनि उपस्थित रहेका थिए। यस कार्यक्रममा खरसाङ र वरिपरिका भूतपूर्व सैनिकहरू र परिवारका सदस्यहरू साथै वीर नारीहरू र विधवाहरूको पनि उपस्थिति रहेको थियो। कार्यक्रमको अध्यक्षता क्याप्टन अमृत प्रधानले गरेका थिए। कार्यक्रमको सञ्चालन क्याप्टन अजय तामाङले गरेका थिए। यस्तो कार्यक्रम आयोजना गर्नाले भूतपूर्व सैनिकहरू र परिवारहरूलाई धेरै राम्रो हुने बताइएको छ। यस कार्यक्रम विषयमा पत्रकारहरूसित कुराकानी गर्दै गोर्खा भूतपूर्व सैनिक वेलफेयर एसोसिएशनको सभापति क्याप्टन अमृत प्रधानले विस्तृत रूपमा जानकारी गराएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement